×

NMB BANK
NIC ASIA

मनोविद् आचार्यको पीडा – विरामीले कुटेकोदेखि बाराक अोबामालार्इ फोनसम्म

कात्तिक २०, २०७४

NTC
Premier Steels
मनोविद् –बासु आचार्य
काठमाडौं– मनोविद् बासु आचार्यकहाँ केही समयअघि यस्ती मानसिक रोगी आईन जसमा संसार चलाउने दम्भ थियो । आचार्यका अनुसार अन्दाजी ३५ वर्षकी उनी ब्रह्माण्ड चलाउने अलौकिक शक्ति आफूभित्र भएको भ्रम पाल्थिन् ।

‘यो संसार मैले थेग्ने हो र त्यसका लागि लागि तिमीहरूले के –के सहयोग गर्छौ भन् भनेर उनी थर्काउँथिन्,’ आचार्यले लोकान्तरसँग भने । आचार्यका अनुसार तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग प्रत्यक्ष सम्पर्कका लागि पहल गरिदिनका लागि परिवारसहित ती महिला उनीकहाँ आएकी थिईन् ।

‘हाम्रो मस्तिष्कका दम्भभावले अत्यधिक चाप्न थालेपछि यस्तो मानसिक विचलन देखिन्छ,’ आचार्य भन्छन् । मानिसको मष्तिष्कका केही अवयवले राम्रोसँग काम नगर्दा उन्माद (मानिया)बढ्ने र त्यसले दम्भ अत्यधिक बढाउने आचार्य बताउँछन् ।

हातपातै गर्ने मानसिक रोगी
आचार्यका मानसिक परामर्शका क्रममा आफूले कैयौंपटक कार्यकक्षमै कुटाइ खाएको अनुभव सुनाए । ‘उन्माद्का रोगीहरू यस्ता हुन्छन् कि उनिहरू आफूमात्र सर्वेसर्वा ठान्छन्, अलिकति चित्त नबुझ्ने कुरा गर्नेवित्तिकै भौतीक आक्रमणमै उत्रिन्छन्,’ उनी भन्छन्, ‘केही समयअघि यस्तै एक रोगीलाई परामर्श दिँदा आक्रमणमै उत्रिए, म सामान्य घाईतेसमेत भएँ ।’ उन्माद् बढेकाहरूमा आफूमात्रै संसारमा जान्ने, बुझ्ने ठान्ने भ्रम हुने उनी बताउँछन् । भारतमा परामर्शका क्रममा एकपटक मुखै फुट्ने गरी कुटाई खाएको उनको अनुभव छ ।

‘केही समय पहिले एउटी महिला नेतृ आईन उनी पनि झण्डै भौतीक आक्रमणमा उत्रिएकी थिइन, पछि सम्झाएर पठाएँ,’ उनले आफ्नो अनुभव सुनाए ।

मरिसकेको विरामीको उपचार !

आचार्यका अनुसार साइकोटिक रोगका पीडित मनोरोगी आफूलाई मरिसकेको ठान्छन् । ‘केही समय पहिला यस्ता एक मानसिक रोगी आए जो आफूलाई मरिसकेको ठान्थे,’ आचार्य भन्छन्, ‘म नमरेको भए मलाई नमर्दाखेरिको जस्तो शाहस र मज्जा खोइ भनेर उनी जिद्दी गर्थे ।’ सामान्य अवस्थामै हवाईजहाजबाट खसेको अनुभूति हुने उनको रोग मनोपरामर्शपछि न्यून भएको आचार्यले बताए । ‘ऊ अहिले आफूलाई २० प्रतिशतमात्र मरेको ठान्छ, मानसिक रोग समाधान हुने क्रममा छ,’ आचार्यले भने ।

सडकमा ढुंगा फ्याँक्दै हिँड्ने मनोरोगी

‘एउटा यस्तो विरामी आचार्यकहाँ आए जो बाटोमा ढुंगा फ्याँक्दै हिँड्थे । बाटोमा ढुंगा हुँदा सवारी दूर्घटनामा पर्ने र दूर्घटनाका कारण आफू जेल जानुपर्ने डरले उनी बाटोका ढुंगा फ्याँक्दै हिँड्थे,’ आचार्य भन्छन्, ‘अत्यधिक शंका गर्ने र मष्तिश्कमा एउटै कुरामात्र खेलिरहने रोगबाट पीडितहरूमा यस्तै समस्या हुन्छ ।’

डिप्रेसन र एङ्जाइटीको समस्या बढी
मनोविद् आचार्य मानसिक रोग अन्तर्गत पछिल्लो समय डिप्रेसन (दिग्दारीपन) र एङ्जाइठी (आत्तिने) समस्या लिएर आउनेको संख्या धेरै रहेको बताउँछन् । ‘डिप्रेसन र एङ्जाईटी नेपालमा मानसिक रोगका प्रमुख समस्या हुन्,’ उनी भन्छन् ।

वैदेशिक रोजगारीमा जानेमा मानसिक रोग भयावह
मनोविद् आचार्य वैदेशिक रोजगारीका क्रममा विदेशमा कार्यरत् नेपालीहरूमा मनोरोग विकराल समस्याको रुपमा रहेको बताउँछन् । ‘रोजगारीका क्रममा दक्षिण कोरिया, जापान तथा खाडी मुलुकमा कार्यरत् नेपालीहरूमा मनोरोगको समस्या भयावह देखिन्छ,’ आचार्य भन्छन् ।

रोजगारीका क्रममा बाहिरीने नेपालीहरू फरक परिवेशमा भिज्न नसक्दा यस्तो समस्या देखिएके उनी बताउँछन् । आफ्नो घरपरिवार, साथीभाई र परिचित परिवेशबाट अलग हुनुपर्दा मानसिक रुपमा बेचैन र दिग्दारीपन् बढ्ने उनको भनाई छ ।

विकसिक मुलुकमा झन भयावह
आचार्य नेपालजस्ता अल्पविकसित तथा विकासशिल मुलुकमाभन्दा विकसित मुलुकमा मानसिक समस्या झन भयावह रहेको बताउँछन् । ‘जापान, अमेरिका, कोरीया लगायतका विकसिन मुलुकका तुलनामा त हामीमा मनोरोग समस्या निकै कम छ,’ उनी भन्छन्, ‘नेपालीका अहम् प्रतिरक्षा प्रणाली विकसित मुलुकको भन्दा बलियो देखिन्छ ।’ खुला परिवेश र भौतीकवादी सामाजिक प्रणालीका कारण विकसित मुलुकमा मानसिक समस्या भयावह रहेको उनको तर्क छ ।

नयाँ पुस्ता बढी ग्रसित
नयाँ पिँढी मानसिक समस्याबाट तुलनात्मक रुपमा बढी पीडित रहेको मनोविद् आचार्य बताउँछन् । ‘अहिलेका नयाँ पुस्ता कसैको कुरै टेर्दै टेर्दैनन्,’ उनी भन्छन्, ‘उनीहरूमा आफूलेमात्र जानेकोमात्रै सत्य र अरुको कुरा स्वीकार्दै नस्वीकार्ने प्रवृति नयाँ पुस्तामा हावी भएको देखिन्छ ।’

आफैले जानेको कुरामात्रै सत्य हुन् भन्ने समस्या नयाँ पुस्तामा रहेको समेत उनी बताउँछन् ।

सूचनाप्रविधिले नयाँ पुस्तालाई आफू केन्द्रीत बनाएको उनी बताउँछन् । भोगाई र अनुभवको कमी र प्रविधिले निम्त्याएको ज्ञानको प्रचूरताले पनि यस्तो समस्या देखिएको उनको विश्लेषण छ । उनिहरूलाई उचित मानसिक स्वास्थ्य शिक्षाको आवश्यक रहेको उनको ठहर छ ।

दैनिक ३ सय फोन कल, ३० जनासँग प्रत्यक्ष परामर्श 
मनोविद् आचार्यका अनुसार पछिल्लो समय मनोरोगको समस्या भयावह बन्दै गएको छ । उनका अनुसार मनोपरामर्शका लागि भनेर उनलाई दैनिक ३ सयजति कल आउँछन् । आफूले नियमित झण्डै ३० जनासँग प्रत्यक्ष मनोपरामर्श दिने गरेको उनको भनाई छ । उनलाई विदेशमा रहेका नेपालीले फेसबुक, भाइबर, स्काइप लगायतका सामाजिक सञ्जालबाट मनोरोग सम्बन्धि समस्या सुनाउने र सल्लाह लिने गर्छन ।

निको हुनसक्छ मानसिक समस्या

आचार्यका अनुसार समयमै उपचार र परामर्श पाएको खण्डमा जस्तोसुकै मानसिक समस्या पनि समाधान हुनसक्छ । पागलपनबाहेकका अधिकांश मानसिक समस्या समाधान गर्न सकिने उनको भनाई छ ।

६० लाख नेपालीलाई मानसिक समस्या !
मनोविद् आचार्यका अनुसार नेपालमा झण्डै ६० लाखलाई मानसिक समस्या छ । साधारण र औषत गरेर उक्त संख्याका नेपालीलाई मानसिक समस्या रहेको उनको भनाई छ । झण्डै ७ लाखलाई त गम्भीर मानसिक समस्या रहेको उनले बताए । मानसिक समस्या राष्ट्रिय रोगकै रुपमा फैलिएको उनी बताउँछन् ।

मनोविज्ञानमा स्नातकोत्तर उनी भूकम्पअघि मुम्बईकै एक क्लिनिकमा कार्यरत् थिए । भूकम्पपछि नेपालमा मनोचिकित्सा आवश्यक रहेको ठहर गर्दै उनी नेपाल आएका थिए । उनी विगत ६ वर्षदेखि मनोचिकित्सा सेवा प्रदान गरिरहेका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x