×

NMB BANK
NIC ASIA

चालकहरूलाई रोगको संक्रमणबाट जोगाउन एम्बुलेन्सहरूमा सेफ्टी क्याबिन जडान गरिएको छ । कोरोना भाइरसले महामारीको रुप लिएपछि एम्बुलेन्सले जस्तोसुकै बिरामी पनि बोक्नुपर्ने अवस्था आउने भन्दै चालकलाई सुरक्षित राख्न गाडीहरूमा धमाधम पार्टेसन गर्न थालिएको छ ।

Muktinath Bank

जिल्ला प्रशासन कार्यालय, रुपन्देही र जनस्वास्थ्य कार्यालयले एम्बुलेन्स चालकहरूलाई  चालक र बिरामीबीचको दूरी कायम राख्न गाडीमा पार्टेसन गर्न निर्देशनसमेत दिएको छ । केही स्थानीय तहले आफै एम्बुलेन्सहरूको पार्टेसन गरिदिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीले रुपन्देहीका ३५ वटा भन्दा बढी एम्बुलेन्सहरूमा पार्टेसन गरिएको बताए । उनले भने, ‘हामीले जस्तोसुकै बिरामी पनि बोक्नुपर्ने अवस्था आउँछ । जसले गर्दा रोग संक्रमणको जोखिम बढने भएकोले बिरामी राख्ने र चालक सिटको दूरी बढाउने पार्टेसन गराएका छौं ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘जोखिममा पर्नुभन्दा सुरक्षित हुन आवश्यक ठानेर केही चालकहरूले आफ्नै लगानीमा प्लाइउड र केहीले आल्मुनियले गाडी पार्टेसन गरेका छन । यसले गर्दा केही हदसम्म भए पनि सुरक्षित हुन सकिन्छ ।’

Vianet communication

रुपन्देहीमा ८० भन्दा बढी एम्बुलेन्स सञ्चालनमा छन् । पश्चिम नवलपरासीको सुवनल नगरपालिकाले आफ्ना नगरभित्रका १० वटा एम्बुलेन्समा पार्टेसन गरिदिएको छ । रुपन्देहीबाट एम्बुलेन्सहरू बिरामी, भरतपुर, भैरहवा र काठमाडौंसम्म पुयाउने गर्छन् ।

लु १ च ४७५५ नम्बर एम्बुलेन्सका चालक हरि कार्कीले जोखिमपूर्ण अवस्था पनि काम गर्ने चालकहरू खटिनुपर्ने भएकोले क्याविन जडान गरेको बताए । उनले भने, ‘बिरामी बोक्दिन भन्न मिल्दैन । त्यसैले सुरक्षित रहन मेलै व्यक्तिगत खर्चमा क्याविन जडान गरे ।’

ग्यारेज बन्द हुँदा एम्बुलेस मर्मत हुन पाएका छैनन् । जसले गर्दा कहाँ पुगेर बिग्रिने हुन् भन्ने चालकहरूलाई चिन्ता छ । आफ्नै खर्चमा संस्थाले सुनवल नगरपालिकामा १० वटा एम्बुलेन्समा पार्टेसन गरिदिएको छ । पार्टेसन नगरेका एम्बुलेन्स संक्रमणको जोखिम हुन्छ । केही दिन अगाडि बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका रुपन्देहीका सैनामैनाका बाबुराम थापाको शव बोक्न एम्बुलेन्स चालकहरूले मानेका थिएनन् । उनलाई कोरोना नभएको पुष्टि भए पनि संक्रमणको जोखिम हुने भन्दै सबै त्रसित भएका थिए ।

रुपन्देहीका ३५ वटा गाडीमा पाटेसन गरिएको छ । एम्बुलेन्स चालक संघका पहलमा पीपीई उपलब्ध गराइएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि एम्बुलेन्सले बिरामी बोक्न सक्दिन भन्न पाइँदैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अगाडि र पछाडिको भाग अलगाउन एम्बुलेन्सलाई पार्टेसन गर्न निर्देशन दिइएको बताए । उनले भने, ‘पछाडिको संक्रमण अगाडि नफैलियोस् भनेर निर्देशन दिइएको हो । के भइरहेको छ फलो गर्न पाइएको छैन ।’

स्वास्थ्य शिक्षा तथा सामुदायिक स्वाथ्य संस्था राप्ती गाउँपालिकाका एम्बुलेन्स चालक सुवास चौधरीले पनि २० दिन अगाडिदेखि गाडी पार्टेसन गरेर चलाएका छन । उनी भन्छन्, ‘संक्रमणबाट जोगिन गाडी पार्टेसन गरेको हुँ । बिरामीबाट भाग्न मिल्दैन । बिरामी बोकेर कहिले काठमाडौं । त कहिले भरतपुर पुग्नुपर्छ । आज बुटवल आएँ ।’

एम्बुलेन्स चालकहरूलाई पीपीई पनि पर्याप्त छैन । रुपन्देही एम्बुलेन्स चालक संघको पहलमा केही चालकहरूलाई वितरण गरिए पनि सबैलाई उपलब्ध छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x