×

कोरोनाबारे जान्नुस् यी १० ताजा तथ्य : जसले गर्दा नेपालीले आत्तिनुपर्दैन !

बैशाख ६, २०७७

कोरोना भाइरस संक्रमणको महामारीबारे नविन जानकारी दिइराख्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले नेपालीले आत्तिनु नपर्ने जनाएका छन् ।

शनिवार बिहान सामाजिक सञ्जाल फेसबूक पेजमा १० तथ्य सार्वजनिक गर्दै डा. पाण्डेले नेपालीले कोरोनाबाट बच्न सतर्कता र सावधानी अपनाउनुपर्ने भएपनि आत्तिनुपर्ने अवस्था नभएको जनाएका छन् ।


Advertisment

डा. पाण्डेले लेखेका छन्, ‘हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ । हाम्रो देशमा देखिएका १ जनाबाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरू बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरूलाई सरकारले खोजेर वा सूचना पाएर जाँच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झण्डै आधा त भारतीय नागरिक हुन् ।’


Advertisment

‘सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौं ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर ! ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन,’ उनले लेखेका छन् ।

यी हुन् डा. पाण्डेले प्रस्तुत गरेका तथ्य –

नेपालमा संक्रमितको संख्या बढ्यो भन्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ | अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन |

- विश्वमा हाल २२ लाख ५० हजार ७ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन |

- विश्वमा १ लाख ५४ हजार २ सय ६२ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन |

- हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ | सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ | हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् | उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् | उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् | ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् |

- ३० जना संक्रमित मध्ये १ जना धेरै पहिले निको भइसकेका छन् | बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् | उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन | त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन |

- अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् | हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ | तर लक्षण देखिएको छैन | यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण ‘ छैन |

- यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस Mutation हुँदै गर्दा हामीकहाँ कमजोर Strain वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ | यो अनुसन्धानको बिषय हो |

- भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ | अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित हुँदा मृतकको संख्या ४८६ मात्र छ | दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ |

- लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमितकेस हुने रहेछ |

- घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो | त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् |

- सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन | कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो | नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् |

- यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ |

...

सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर | ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन |

नेपालमा संक्रमितको संख्या बढ्यो भन्दैमा चिन्ता गर्नु पर्दैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ .... कोरोना...

Posted by Dr. Rabindra Pandey on Friday, April 17, 2020

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x