×

NMB BANK
NIC ASIA

बजारमा खाना पकाउने ग्यास फालाफाल, खपत घटेपछि बुलेट व्यवस्थापन गर्न उद्योगीलाई हम्मेहम्मे !

व्यवसायी भन्छन्– ‘बिक्री घट्यो, एक महिना धान्ने स्टक छ’

बैशाख १५, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन सरकारले लकडाउनको तयारी गरेपछि चैत पहिलो साता बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखा पर्‍यो ।

Muktinath Bank

लकडाउन लामो समय जाने आशंकामा सर्वसाधारणले खाना पकाउने ग्यासको सञ्चिती बढाएपछि आपूर्ति व्यवस्था असहज भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन शुरू हुने समयमा ग्यास किन्नका लागि रित्ता सिलिण्डर लिएर बजारमा लामा लाइन बसेपछि सरकारले बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णय गर्‍यो ।


Advertisment
Nabil box
Kumari

सरकारले ग्यासको मौज्दात रहेको दाबी गरेपनि बजारमा हाहाकार मच्चियो ।

Vianet communication

नेपाल आयग निगमका प्रवक्ता विनितमणि उपाध्यायले खपत घटेका कारण ग्यास, डिजेल र पेट्रोल लगायत इन्धन पर्याप्त रहेको बताए ।

लकडाउनका कारण ठूला होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेस बन्द भएपछि अहिले ग्यासको आपूर्ति सहज भएको र अभाव नरहेको व्यवसायीहरूले बताएका छन् । 

नेपाल एलपी ग्यास उत्पादक संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने ग्यास बिक्री सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्म घटेको बताए । 

‘ग्यासका बुलेट आएर लाइनमा बसेका छन्, बिक्री भएको छैन, एक महिनाको माग धान्ने ग्यास स्टकमा छ,’ घिमिरेले लोकान्तरसँग भने । घिमिरेका अनुसार नेपालमा खाना पकाउने ग्यासको औसत खपत सरदर मासिक १ लाख सिलिण्डर छ । औपचारिक आँकडा नभएपनि २० प्रतिशत होटल, रेस्टुरा र पार्टी प्यालेसले खपत गर्ने गरेका थिए ।

कतिपय ग्यास उद्योगले बजारमा पठाएको आधा सिलिण्डर ग्यास नबिकेपछि फिर्ता लिएर भरी सिलिण्डर बजारमा पठाएका थिए । 

‘केही समय बजारमा अभाव भएपछि आधा सिलिण्डर (७ दशमलव १ केजी) पठाएका थियौं, अहिले भरी सिलिण्डर पठाएका छौं,’ उनले भने ।

सिलिण्डर खाली नभएपछि ग्यासका बुलेटको सुरक्षा उद्योगीका लागि टाउको दुखाइको विषय बनेको छ । भारतबाट ग्यासका बुलेट ल्याएका ट्रक राजमार्गमै पार्किङ गरेर राखिएका छन् ।

ग्यासको बुलेट बोकेर ल्याउने चालक र सह–चालकका कारण कोरोना संक्रमण फैलिने भन्दै स्थानीयले धादिङ प्रहरीमा उजुरी गरेका थिए ।

‘ग्यासको बुलेट लिएर आएका ड्राइभरले कोरोना संक्रमण फैलाउने हुन् कि भनेर स्थानीयले गुनासो गरेका छन्,’ धादिङ प्रहरीका एक अधिकारीले लोकान्तरसँग भने, ‘चालक र सहयोगीका लागि ग्यास उद्योगीले उद्योग परिसरमै बस्ने व्यवस्था गरेको जानकारीमा आएको छ ।’

ग्यास खन्याउने सिलिडिर नभएपछि बुलेट बोकेर आएका ड्राइभर हप्ता दिनसम्म पनि नेपालमै बस्नुपर्ने अवस्था सिर्जना भएको ती अधिकारीले बताए ।  

उद्योगी घिमिरेले भारतबाट आइरहेका ग्यासको बुलेट स्यानिटाइज गरेर नेपाल भित्रने गरेको बताए । 

‘हाम्रोमा भन्दा बढी सुरक्षा भारतमा अपनाइएको छ, सीमामा स्यानिटाइज गरिएका बुलेटलाई उद्योगमा पनि स्यानिटाइज गरेर अत्यन्तै सावधानी अपनाइएको छ,’ घिमिरेले भने । 

हल्दिया, बरौली, मथुरा लगायत भारतका ६ स्थानबाट नेपालमा ग्यासका बुलेट आउने गरेका छन् । ३ हजार किलोमिटर टाढाबाट आउने र भारतका हरेक राज्यमा चेकजाँच गरेर मात्र नेपाल आउने गरेको उनले दाबी गरे । सबैभन्दा टाढा भारतको उडिसाको पारादीप भन्ने ठाउँबाट नेपालमा ग्यास आउने गरेको छ । 

घिमिरेका अनुसार सामान्य अवस्थामा भारतबाट दैनिक १ सय ५० ग्यास बुलेट आउने गरेका छन् । एक बुलेटले १२ सय ६० सिलिण्डर रिफिल गर्ने गरिएको छ । लकडाउनपछि सो संख्या केही घटेको उनले बताए ।

आगामी महिनाका लागि अघिल्लो महिनाको २५ तारिखमै नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) पठाउनु पर्छ ।

मार्च महिनामा गरिएको अर्डर अनुसारको ग्यास अहिले नेपाल आइरहेको छ । 

पेट्रोलको मौज्दात ८३ प्रतिशत 

नेपाल आयल निगमका अनुसार इन्धनको स्टक ८० प्रतिशतभन्दा माथि रहेको छ । आइतवारको डाटा अनुसार पेट्रोल ८३ प्रतिशत, डिजल ७६ प्रतिशत हवाई इन्धनको भण्डार ९५ प्रतिशत छ । 

सामान्य अवस्थामा पेट्रोलको माग दैनिक ३ हजार किलोलिटर बिक्री हुने गरेकोमा अहिले ३ सय किलोलिटरमा झरेको छ ।

यस्तै डिजेलको बिक्री दैनिक ८ हजार किलोलिटर हुने गरेकोमा अहिले १ हजारदेखि १२ सय किलोलिटरमा झरेको छ । 

‘इन्धनको स्टक राम्रो अवस्थामा छ, खाना पकाउने ग्यास पर्याप्त छ,’ निगमका प्रवक्ता उपाध्यायले लोकान्तरसँग भने, ‘खाना पकाउने ग्यास नपाइएको गुनासो पनि छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x