×

NIC ASIA

लकडाउनले ‘डाउन’ नभएको च्याउ उद्योग, प्रशोधन सँगसँगै बेमौसमी खेती

बैशाख २०, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोनाको कहरबीच सुदूरपश्चिमकै ठूलो च्याउ प्रशोधन उद्योगले नेपालमै नौलो तथा बैमौसमी च्याउ खेती थालेको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो धनगढी उपमहानगरपालिका–१२ जुगेडा बीगाउँस्थित ओम केदार च्याउ तथा तरकारी फर्मले कोरोनाको कहरसँग जुध्दै च्याउको प्रशोधन, बीउ उत्पादन र नयाँ–नयाँ प्रजाति तथा बैमौसमी च्याउको खेतीमा जुटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फर्मका सञ्चालक कमल घर्तिमगरले लकडाउनका कारण बजार पुग्न नसकेको काँचो च्याउलाई प्रशोधन गरी प्याकेजिङ थालेको बताए । केन्द्रले हालसम्म च्याउको अचार, सुकुटी र गोब्रे च्याउको क्यान तयार गरी भण्डारण गरेको छ । लकडाउनपछि बजार पुर्‍याउने समय कुरेर बसेको सञ्चालक घर्तिमगर बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘कोरोना महामारी र लकडाउनले असर नपारेको क्षेत्र सायद नहोला । कोही अछुतो रहेन । कारोबारमा गिरावट आएपनि काम रोकेका छैनौं । सामाजिक दूरी कायम गरेर भएपनि काम जारी राखेका छौं,’ उनले भने, ‘संकटबीच सम्भावनाको खोजीमा छौं ।’

Vianet communication

कन्ये, गोबे्र, ग्यानो डोर्म, मिल्की, पराले गरी ५ प्रजातिका च्याउको बिउ उत्पादन थालेको सो प्रशोधन केन्द्रले नेपालमै नयाँ मानिने ग्यानो डोर्म, मिल्की, पराले गरी ३ प्रजातिको च्याउको बिउ उत्पादनसँगै खेतीको थालनी गरेको छ ।

नेपालको तराई क्षेत्रमा मुख्यतः असोजदेखि चैत्र मसान्तसम्ममा कन्ये र गोब्रे प्रजातिको च्याउको खेती गर्ने गरिन्छ तर प्रशोधन केन्द्रले गर्मी समयमा उत्पादन हुने च्याउको खेती थालेको छ । गर्मी मौसममा खेती गरिने ग्यानो डोर्म, पराले र मिल्की प्रजातिको च्याउको खेती थालेको सञ्चालक घर्तिमगर बताउँछन् ।

‘सबै प्रजातिको च्याउको कल्चर गरी बिउ उत्पादनमा सफल भएका छौं । अब खेती शुरूआत गरेका छौं, नयाँ प्रजातिको च्याउबारे उल्लेख गर्दै उनले भने, ‘ग्यानो डोर्म प्रजातिको च्याउ खानयोग्य भएपनि विशेषगरी औषधि निर्माणमा प्रयोग हुन्छ । प्रतिकिलो ८ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । यो च्याउ काठको भुसामा तयार गरिन्छ ।’ गर्मी मौसममा उत्पादन हुने खानयोग्य पराले र मिल्की प्रजातिको च्याउ खेती पनि थालेको उनी बताउँछन् ।

मुलुककै नमूना च्याउ उद्योग

२०७१ सालमा २० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको फर्ममा हालसम्म साढे २ करोड बढी लगानी पुगेको बताइएको छ । ‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउ आयात हुँदै आएको छ ।

हालसम्म हाम्रो यहाँ बाहेक मुलुकको अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन । जुन कारणले हाम्रो प्रतिपस्र्धा भारत र चाइनासँग मात्रै हो,’ सञ्चालक घर्मिमगर भन्छन्, ‘हाल प्याकेजिङ गरिएका गोब्रे च्याउको क्यान अन्तर्राष्ट्रिय ब्राण्डको छ ।’

उद्योगमा प्रतिघण्टा साढे २ क्वीन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्वीन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ । फर्मले च्याउको बजार उत्साहजनक पाएको जनाएको छ ।

उद्योगले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लासहित नेपालगञ्ज बजारमा समेत च्याउ आपूर्ति गर्दै आएको छ । तर माग अनुसार अझैसम्म आपूर्ति गर्न नसकेको फर्मका व्यवस्थापक राजु पुनमगर बताउँछन् ।

२ विघा क्षेत्रफलमा फैलिएको उद्योगले चालू वर्ष १५ टन कन्ये र १० टन गोब्रे च्याउ उत्पादन गरेको छ । पछिल्लो समय च्याउ मानव स्वास्थ्यको लागि लाभदायक रहेको चेतनाको विकासले च्याउ पराखीको संख्या बढेको र च्याउको बजार फराकिलो बन्दै गएको सञ्चालक घर्तिमगरले अनुभव सुनाउँछन् ।

फर्मले असोजदेखि चैत्रसम्म बनाएको च्याउ टनेलको स्थानमा आजभोलि तरकारी खेती थालेको छ । जहाँ २० जना बढीले नियमित रोजगारी पाएका छन् । आजभोलि सामाजिक दूरी कायम गरी फर्ममा काम गर्दै आएको व्यवस्थापक घर्तिमगर बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

x