कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
रौतहटमा आइतवार बिहान १० जनामा कोरोना संक्रमण पाइएको छ । रौतहटको राजपुर फरहदवा नगरपालिका वडा नम्बर ९ स्थित बैरिया गाउँको एक मदर्सामा संचालित क्वारेनटाइनमा रहेका ७ जनामा कोरोना संक्रमण पाइएको छ । १८, ३२,३६,३९,३९, ४२ र ४८ बर्षका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।
उक्त नगरपालिकाका नगर प्रमुख मोहम्म्द सकिल अख्तरका अनुसार संक्रमित सातै जना भारतको मुम्बई बाट आएका थिए । संक्रमित सबै जना बैरिया स्थित मदर्सामा संचालित क्वारेनटाइनमा रहेको उनले बताए । उनीहरू सीमा नाकामा आई सके पछि स्थानीय प्रशासन र नगरपालिकाको समन्वयमा उनीहरूलाई बैशाख ३१ गते नेपाल भित्रियाइएको थियो । उक्त नगरपालिकाका जन स्वास्थ्य अधिकृत रबीन्द्र कुमार झाका अनुसार करीब दुई किलोमीटर जति दूरीमा रहेको बंजरहा नाका बाट उनीहरूलाई भित्रियाइएको थियो ।
‘उनीहरू नाका बाट पैदल नै हिडेर क्वारेनटाइन सम्म आएका थिए,’ झाले भने,‘ उनीहरू घर भने गएका थिएनन् । ’ उक्त क्वारेनटाइनमा अहिले कुल ८० जना छन् । उक्त मदर्सामा १ हजार जति मानिस अटाउन सक्ने क्षमता रहेको उनले बताए ।
संक्रमित सातै जनालाई उपचारका लागि बिरगंज पठाउने तयारी गरिएको छ । त्यसै गरी रौतहटको ईशनाथ नगरपालिकामा समेत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त नगरपालिकाको वडा नम्बर ३ औरैया र वडा नम्बर ५ मोतीपुरका २८,३० र ३३ बर्षीय पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
उक्त नगरपालिकाका प्रमुख संतोष कुमार मेहताका अनुसार संक्रमित तिनै जना भारतको दिल्ली बाट आएका थिए ।
‘६ दिन अगाडि लुकी छिपी बोर्डर कटेर उनीहरू आएका थिए,’ नगर प्रमुख मेहताले भने,‘तीन जना मध्ये दुई जना सीधा क्वारेनटाइनमा आएको तथा एक जना आफ्नो घरको चापाकलमा नुहाउन गएको भन्ने कुरा आएको छ ।’ उनीहरू घर गए वा सीधा क्वारेनटाईनमा आए त्यसको अनुसन्धान भई रहेको उनले बताए ।
उनीहरू वडा नम्बर ३ स्थित औरैयामा संचालित क्वारेन्टाइनमा रहेका छन् । शुक्रवार क्वारेनटाइनमा रहेका २७ जनाको स्वाब संकलन गरिएकोमा २ जनाको रिजल्ट पोजेटिभ आएको मेहताले बताए ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...