×

NIC ASIA

कोरोना पुष्टि भएपछि ३९ जना सँगै सुते, संक्रमित व्यक्ति को ? क्वारेन्टाइनमा अत्तोपत्तो छैन !

जेठ ६, २०७७

Prabhu Bank
NTC
Premier Steels

दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया एक युवामा कोरोना संक्रमणको आशंका गरिएको सोमवार बिहान ८ बजे खबर सार्वजनिक भयो ।

Muktinath Bank

जेठ १ गते स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको अवस्थामा गत शनिवार प्रदेश सरकारको पहलमा सबै ३९ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब स्वास्थ्यकर्मीले प्रदेश अस्पताल कालागाउँमा ल्याएर पीसीआर विधिमार्फत जाँच गरे । ३९ जनामध्ये १ जनाको रिपोर्ट ‘पोजेटिभ’ आयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना पोजेटिभ आएको हल्ला गाउँमा गएपनि कुन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ भन्ने कुरा हालसम्म पनि कसैलाई थाहा नभएको स्वास्थ्य चौकी सात्तालाका प्रमुख ध्रुवराज विष्टले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

‘सोमवार बिहान ८ बजे एक जनालाई कोरोना पोजेटिभ देखिएको खबर आएको थियो,’ उनले भने, ‘हालसम्म कुन व्यक्तिमा कोरोना देखिएको हो थाहा छैन ।’ उनका अनुसार ती सबै व्यक्ति हिजोअस्ती जस्तै सँगै क्वारेन्टाईनमा बसेका थिए । कोरोना संक्रमित भएको पत्ता लागेपनि अहिलेसम्म उनीहरू एकैसाथ बसिरहेका छन्, कसलाई कोरोना संक्रमण भएको हो अत्तोपत्तो छैन । संक्रमित व्यक्तिको नाम क्वारेन्टाइनलाई जानकारी नदिँदा अन्य व्यक्तिलाई पनि कोरोना सर्ने सम्भावना बढेको उनले बताए  ।

Vianet communication

‘कुन व्यक्तिमा कोरोना देखिएको हो ? हामीलाई थाहा भएन,’ उनले भने, ‘थाहा नभएपछि कसलाई अलग गराउने ? उनीहरू सबै रातिसँगै सुतेका छन् ।’

नगर प्रमुख खड्गराज उपाध्यायले पनि आफूलाई को व्यक्ति हो भन्ने जानकारी नदिइएको बताए । ‘को व्यक्ति हो मलाई थाहा छैन,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘उनीहरू एक कोठामा ८ जना बस्दै आइरहेका छन् । सामाजिक दूरी कायम गरेर बेडहरू राखेका छौं । व्यक्ति थाहा भएको भए उनलाई अलग्गै व्यवस्था गर्न सकिन्थ्यो ।’

स्रोतका अनुसार ३५ दिन वनवासामा क्वारेन्टाइनमा बसेका, बसमा सँगै आएका भनेर क्वारेन्टाइनमा बसेका अन्य युवाले लापरवाही गरिरहेका थिए । ‘हरेक राति उहाँहरू देउडा खेल्नुहुन्थ्यो । घरबाट दही, खाना, मासु पठाइदिन्थे, त्यो खाने गर्थे,’ स्रोतले भन्यो, ‘वरिपरि काँडेतार लगाएको र प्रहरी समेत खटिएका कारण उनीहरूमध्ये कोही पनि समुदायमा भने जान पाएनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x