×

NMB BANK
NIC ASIA

उद्योग व्यवसायमा राहतका अल्प र दीर्घकालीन कार्यक्रम ल्याउन माग

जेठ ८, २०७७

NTC
Premier Steels

पोखराका उद्योगी व्यवसायीले बन्दाबन्दीका कारण उद्योग/वाणिज्य क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै राहतका कार्यक्रमसहित बजेट ल्याउन माग गरेका छन् ।

Muktinath Bank

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी, पोखरा उद्योग वाणिज्य सङ्घ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यवसायलाई विस्तारै सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पुर्‍याएको गम्भीर क्षतिको मूल्याङ्कन गर्दै उद्योग/वाणिज्य र पर्यटन क्षेत्रको लागि विशेष राहत प्याकेजको मागसहित आगामी आर्थिक वर्षको बजेट पूर्वाधार र औद्योगिक व्यावसायिक वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर्जाको समयसीमा बढाउनुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, वासलात ऋणात्मक भए पनि कर्जा प्रवाह गरिनुपर्ने तथा आउँदा दिनमा पूँजी हेरेर नभई आम्दानी, योजना तथा नवीनतम सोचका आधारमा उद्योगी/व्यवसायीलाई कर्जा प्रवाह गरिनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

त्यस्तै  उद्योगधन्दा खुलाउनुपर्ने,  ‘नो वर्क, नो पे’को व्यवस्था गरिनुपर्ने, खेतीयोग्य जग्गाको खण्डीकरण रोक्नुपर्ने, भूउपयोग नीति लागू हुनुपर्ने र  कृषिमा अनुदान बढाइनुपर्ने सुझाव दिइएको छ । पर्यटन उद्योगमा कम्तीमा एक वर्ष सबै प्रकारका कर मिनाहा गरिनुपर्ने र  पर्यटन प्रवद्र्धनका लागि छुट्याइएको बजेट पर्यटन पुनःउत्थानको क्षेत्रमा खर्च गरिनुपर्ने माग गर्दै अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीबाट फर्केनेका लागि स्वरोजगारका कार्यक्रम ल्याउन माग गरे ।

Vianet communication

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकालले व्यवसायलाई आधार मानेर ऋण प्रवाह गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रमममा शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठ, भिमाद उद्योग वाणिज्य सङ्घका अध्यक्ष हस्तबहादुर खड्का, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष लक्ष्मी त्रिपाठी र  पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष माइकला कर्माचार्यले कोरोनाका कारण निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको लगानी जोखिममा परेको बताउँदै सरकारले विद्यमान अवस्थाको गम्भीरताका साथ विश्लेषण गर्दै राहत कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

 गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना सङ्क्रमण र बन्दाबन्दीका बीचमा पनि आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने विचार राख्र्द उद्योग–व्यवसाय सञ्चालन नगरिए अर्थतन्त्र नै थला पर्ने जिकिर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x