×

NMB BANK
NIC ASIA

चार घण्टामा ९६ स्वाबको परीक्षण हुने नयाँ पिसिआर मेशिन ल्याइयो

जेठ ९, २०७७

NTC
Premier Steels

राजविराज र जनकपुरधामका लागि प्रदेश नं २ सरकारले किनेका दुई नयाँ मेशिन आज आएका छन् । जनकपुरधाममा रहेको पिसिआर मेशिनले पटक–पटक धोका दिएपछि तेस्रो पटक नयाँ मेशिन आएको हो भने राजविराजका लागि पहिलोपटक मेशिन आएको हो ।

Muktinath Bank

पिसिआर मेशिन र सोसँगै लाग्ने अन्य सहायक उपकरण राजविराज र जनकपुर पुगिसकेका प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश मन्त्रिपरिषद्ले जनकपुरधाम, विरगञ्ज र राजविराजमा परीक्षण ल्याब सञ्चालन गर्ने निर्णय दुई महिना अगाडि गरेको थियो । निर्णयअनुरुप वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गत वैशाख २३ गतेदेखि पिसिआर मेशिनबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

भारतसँग सिमाना जोडिएको प्रदेश नं २ का आठ जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि राजविराज र जनकपुरमा पिसिआर मेशिन ल्याइएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Vianet communication

जनकपुरमा दोस्रो पटक ल्याइएको पिसिआर मेशिनले समेत स्वाब परीक्षणको रिपोर्ट फरक दिएपछि विगत दुई हप्तादेखि प्रयोगशाला बन्द गरिएको थियो । पिसिआर प्रयोगशाला जनकपुर र राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौँमा स्वाब परीक्षण गर्दा फरक रिपोर्ट आएपछि पहिलो र दोस्रो पिसिआर मेसिनसमेत बन्द गरिएको थियो ।

पिसिआर मेशिन बन्द हुँदा विगत दुई सातादेखि जनकपुर, महोत्तरी, सर्लाही, सिरहामा गरिएको स्वाब सङ्कलन परीक्षणका लागि काठमाडौँ पठाउनुपर्ने र रिपोर्टका लागि एक सातासम्म कुनुपर्ने बाध्यता थियो ।

सप्तरीमा सङ्कलन गरिएको स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुपर्ने र तीन दिन पर्खनुपर्ने अवस्था थियो । प्रयोगशालामा जडान गर्न राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा आज साँझ मेशिन आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

दुवै स्थानमा सोमबारदेखि आरटी पिसिआर सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख साहले जानकारी दिए ।

उक्त मेसिनको क्षमता चार घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने रहेको जनाइएको छ । प्रदेश नं २ का प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण गरिएपछि त्यसलाई पुनः यकिन गर्न काठमाडौँ पठाइने गरिएको छ ।

प्रदेश सरकारले उपचार तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब सञ्चालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि रु ५० लाख र वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनका लागि रु २५ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा सञ्चालन हुने गरी राजविराज र बारामा कम्तीमा ५०० श्ययाको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्नसमेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेटअनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी विरगञ्जमा विदेशबाट आउने नागरिकलाई राख्न ५०० श्ययाको होल्डिङ क्वारेन्टाइनसमेत नेपाली सेनाले नै सञ्चालन गर्ने गरी आवश्यक रकमको व्यवस्थासमेत गरेको छ ।

प्रदेश सरकारले कोरोना सङ्क्रमितको सङ्ख्यामा तीव्र वृद्धि भइरहेको अवस्थामा स्थानीयस्तरमै कन्ट्रयाक्ट ट्रेसिङ मार्गदर्शनका लागि अभिमुखीकरण सञ्चालन गर्ने र विभिन्न जिल्लाका विभिन्न स्थानमा गई ‘केस इन्भेस्टिगेशन’ गर्नसमेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x