गण्डकी प्रदेशमा २ हजार व्यक्तिको पीसीआर जाँच

प्रतिकात्मक तस्वीर

गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत २ हजार ४५ जनाको पीसीआर जाँच भएको छ ।

तीमध्ये २ हजार ११ जनाको जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र २ जनाको पोजेटिभ नतिजा आएपनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।


Advertisement

नवलपुरका २ जनाको भरतपुरमा र लमजुङका १ जनाको काठमाडौंमा संक्रमण देखिएको हो । २ जना भरतपुर अस्पताल र १ जना टेकु अस्पताल काठमाडौंमा उपचार भइरहेको जनाइएको छ । 
    
त्यसैगरी आरडीटी जाँच ८ हजार २१८ जनाको  गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले जटिल अवस्थाका बिरामीको व्यवस्थापनसम्बन्धी तालिमसमेत सम्पन्न गरेको छ ।

एनस्थेसियोलोजिस्ट डा. हरि पौडलले तालिमको सहजीकरण गरेका थिए । तालिममा स्याङ्जा, गोर्खा, नवलपुर, तनहुँ, लमजुङ अस्पतालका ३२ जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिति रहेको उनले जानकारी दिए ।


Advertisement

उनका अनुसार कोरोनासँगै प्रदेशमा अन्य ५ प्रकारका रोगसमेत देखिन थालेपछि सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ । गोर्खा र कास्कीमा मलेरिया पोजेटिभ, गोर्खामा नै दादुरा तथा म्याग्दीमा स्क्रबटाइफस देखिएको छ । डेंगु म्याग्दी, कास्की र स्याङ्जामा जिल्लामा देखिएको छ ।  

कमेन्ट गर्नुहोस्