राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमवार अपराह्न साढे ५ बजे सम्बोधन हुने प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले लोकान्तरलाई बताए ।


Advertisement

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका कामको सन्दर्भलाई लिएर सम्बोधन गर्ने बताइएको छ ।

त्यसअघि ५ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम रहेको छ । 


Advertisement

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही महत्त्वपूर्ण घोषणा गर्न सक्ने बालुवाटार स्रोतले बतायो ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्