मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
केही वर्षयता चीनको परराष्ट्रनीतिमा परिवर्तन आइरहेको देखिएको छ । यसलाई विश्लेषकहरूले ‘वुल्फ वारियर’ कूटनीति नाम दिएका छन् ।
‘वुल्फ वारियर’ र त्यसको सिक्वेल चीनमा अत्यन्तै लोकप्रिय र सफल फिल्म सिरीज हो । पहिलो फिल्ममा चीनको आन्तरिक सुरक्षामा खटिएका सैनिकलाई नायक बनाइएको छ भने दोस्रो फिल्ममा चीनबाहिर रहेका चिनियाँहरूको सुरक्षामा खटिएका नायकको कथा छ । दोस्रो फिल्मको मूल कथन छ : हजारौं माइल टाढा भए पनि चीनलाई जसले अपमान गर्छ, त्यसले भारी मूल्य चुकाउनुपर्छ ।
यस्तो कूटनीति सी चिनफिङ चीनको राष्ट्रपति बनेपछि अंगीकार गर्न थालिएको हो । त्यसभन्दा अघि चीनमा सुधार र खुलापनको वकालत गर्ने देङ स्याओपिङले ‘आफ्नो शक्ति लुकाऊ, समयको प्रतीक्षा गर’ भन्ने नीति अपनाएर चिनियाँहरूलाई देशविकासमा ध्यान केन्द्रित गर्न अनि विदेशका मामिलामा नपर्न निर्देशन दिएका थिए । देङपछि राष्ट्रपति बनेका च्याङ चमिन र हु जिन्ताओले त्यही नीति अनुसरण गरिरहे ।
त्यसैले चिनियाँ कूटनीतिकर्मीहरू शान्त रहन्थे अनि औपचारिकतामा मात्र सीमित थिए । उनीहरूले भनेका र लेखेका कुरा लामालामा अनि बुझ्न गाह्रो पर्ने गरी अस्पष्ट हुन्थे । त्यो पनि रणनीतिकै एक अंग थियो किनकि ठाडो बोल्दा चीनको अहस्तक्षेपकारी र निष्पक्ष अडानमा ठाडोपनले असर पार्न सक्थ्यो ।
तर थोरै समयको अन्तरालमा चीनले अकल्पनीय प्रगति गरेर आत्मविश्वास हासिल गरिसकेकाले अब उसमा एक किसिमको आक्रामकता आएको विश्लेषकहरूले पाएका छन् । यस आक्रामकतालाई बहालवाला राष्ट्रपति सीले झनै मलजल गरिरहेका छन् । राष्ट्रपति बनेदेखि नै उनले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन बारम्बार भनेका छन् ।
सामरिक आक्रामकतासँगै चीनले कूटनीतिक आक्रामकता अपाइरहेको त कोरोनाभाइरस महाव्याधिमा स्पष्ट नै देखिएको छ । कोरोनाको उद्गमस्थलका विषयमा अमेरिका र चीनबीच बाझाबाझ हुँदा चिनियाँ कूटनीतिकर्मी झाओ लिजियानले अमेरिकी सैनिकहरूले वुहानमा भाइरस ल्याएको भने । त्यसभन्दा अघि उनी पाकिस्तानमा राजदूत हुँदा अमेरिकाले चीनलाई मानवअधिकारका विषयमा आलोचना गर्न नमिल्ने किनकि अमेरिकामा जातिविभेद, आर्थिक असमानता र बन्दूकजन्य हिंसा व्याप्त रहेको भनी ट्विटरमा लेखेका थिए ।
झाओलाई चीनको शीर्ष नेतृत्वको समर्थन रहेको बताइएको छ । त्यसलाई पुष्टि गर्ने गरी चीनका परराष्ट्रमन्त्री वाङ यीले आइतवार आयोजित पत्रकार सम्मेलनमा चीनको आक्रामक दृष्टिकोणको व्याख्या गरे ।
उनले भने, ‘हामी कसैसँग पनि झगडा गर्न तम्सिँदैनौं अनि कसैलाई हेप्दै हिँड्दैनौं तर हामीसँग सिद्धान्त र सामर्थ्य छ । हाम्रो राष्ट्रिय प्रतिष्ठा र मर्यादाको प्रतिरक्षा गर्नका लागि हामी जुनसुकै खराब बेइज्जतीको पनि सामना गर्न तयार छौं ।’
यही आक्रामकता अपनाएर चीनले हङकङमा राष्ट्रिय सुरक्षा सम्बन्धी कडा कानून ल्याउने प्रस्तावलाई पारित गरेको छ । त्यस कानून अन्तर्गत चिनियाँ राष्ट्रगानको अपमानलाई फौजदारी कसूर बनाइएको छ । अनि ताइवानलाई मकाउ र हङकङ जस्तै एक देश, दुई प्रणाली अन्तर्गत चीनमा मिसाउने बयान पनि शीर्ष चिनियाँ नेताहरूले दिएका छन् । पहिले ताइवानको शान्तिपूर्ण पुनरेकीकरण (पीसफुल रियुनिफिकेसन) कुरा गर्ने चीनले यसपालि चाहिँ शान्तिपूर्ण शब्द हटाएको देखिन्छ जसबाट ऊ युद्ध समेत गर्ने मूडमा रहेको संकेत पाइन्छ ।
त्यसैलाई मूर्त रूप दिनका लागि चीनले आफ्ना युद्धपोतहरू ताइवान जलप्रपातमा रहेको प्रातास टापुसमूहमा पठाएको छ । त्यहाँ उसले आक्रामक रूपमा युद्धाभ्यास गरिरहेको छ । अनि भारतसँगको सीमा विवाद कायम रहेको अवस्थामा चीनले लद्दाख सीमामा सैन्य तैनाथी बढाएको छ ।
यसैबीचमा अस्ट्रेलियाले कोरोनाभाइरसको उत्पत्ति र विस्तारका विषयमा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने माग राखेपछि त्यहाँका चिनियाँ राजदूतले अस्ट्रेलियाबाट आयात हुने सामान बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
यसअघि दक्षिण कोरियाले आफ्नो भूमिमा अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी थाड प्रणाली जडान गर्दा त्यसमार्फत चीनविरुद्ध जासूसी हुन सक्ने आशंका गर्दै चीनले दक्षिण कोरियाली व्यापार ठप्प बनाइदिएको थियो । थाडबाट जासूसी गरिनेछैन भनी दक्षिण कोरियाले लिखित प्रतिबद्धता व्यक्त गरेपछि बल्ल उसले व्यापार खुलाइदिएको थियो ।
चीनको यो आक्रामक कूटनीतिले पश्चिमाहरूलाई तर्साएको भए पनि पश्चिमले वर्षौंदेखि चीनका विरुद्ध फैलाएको नकारात्मक प्रचारबाजीको प्रत्याक्रमणका रूपमा यसलाई बुझ्न सकिन्छ । पश्चिमा शक्तिहरूसँग मिलेर विश्व व्यवस्था कायम गरिरहँदा पनि आफूलाई नकारात्मक रूपमा लिइएको दुखेसो चीनलाई रहेको स्वतन्त्र विश्लेषकरूको निष्कर्ष छ ।
हुन पनि सी उपराष्ट्रपति हुँदा सन् २००९ मा मेक्सिकोको भ्रमणमा भनेका थिए, ‘केही विदेशीहरूले टन्न खाएर अघाएपछि केही काम नपाएर हामीतिर औंला ठड्याइरहेका छन् ।
हामी क्रान्ति, गरीबी वा भोक निर्यात गर्दैनौं, तिमीहरूलाई समस्या दिँदैनौं, अनि तिमीहरूले किन गुनासो गरिरहनुपर्यो ?’ चीनको अपमान अब असह्य हुने संकेत सीले त्यतिबेलै दिएका थिए र देश दोस्रो ठूलो अर्थतन्त्र अनि आफू देशको सर्वशक्तिमान शासक भएपछि अहिले उनी आक्रामकता अंगीकार गरिरहेका छन् ।
त्यसो त ट्रम्प प्रशासनमा चीन सल्लाहकार रहेका माइकल पिल्सबरीको पुस्तक ‘द हन्ड्रेड ईयर म्याराथन : चाइनाज सिक्रेट स्ट्राटेजी टु रिप्लेस अमेरिका याज द ग्लोबल सुपरपावर’ अध्ययन गर्ने हो भने चीनका आक्रामक नीतिनिर्माताहरू (यिङ पाई) ले पश्चिमबाट चीनमाथि एक शताब्दीसम्म गरिएको बेइज्जतीको बदला लिने र त्यसलाई निमिट्यान्न पार्ने बेला आएको भन्ने निष्कर्ष निकालेका छन् ।
त्यसलाई प्रतिस्थापन गरेर चीनलाई अनुकूल हुने चिनियाँ नेतृत्वको विश्व व्यवस्था बनाउने उनीहरूको लक्ष्य छ । उनीहरूले चाहेबमोजिम हुँदै गयो भने चिनियाँ व्यवस्थाको समर्थन गर्ने र नगर्नेबीच अब स्पष्ट कित्ताकाट हुने देखिन्छ ।
छिमेकी मुलुक भएका नाताले नेपालमा पनि चिनियाँ आक्रामक कूटनीतिको असर पर्ने निश्चित छ । नेपाल भ्रमणमा रहेका बेलामा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको कुनै भू-भागलाई छुट्ट्याउने प्रयास कसैले गरेमा ‘जिउहरू कुच्याउने र हाडहरू धूलोपीठो पार्ने’ चेतावनी दिएका थिए । त्यतिखेर उनले हङकङमा भइरहेका प्रदर्शन र सिनजियाङमा पश्चिमी मुलुकहरूले गरेको आलोचनालाई सन्दर्भ बनाएको बताइएको थियो । तर अप्रत्यक्ष रूपमा उनले नेपालमा भइरहेका तिब्बती गतिविधिलाई नियन्त्रण गर्न नेपाल सरकारलाई चेतावनी दिएका हुन् ।
अमेरिकाका परराष्ट्र सल्लाहकारहरूले दलाई लामाको देहावसानपछि तिब्बतमा फैलिनसक्ने अव्यवस्थाको स्थितिलाई अमेरिकाले फाइदा उठाएर चीनलाई घेर्नुपर्ने भनी सुझाव दिएको कुरा पनि हामीले विचार गर्नुपर्छ । तिब्बतसँग जोडिएको नेपालमा त्यसको असर अवश्य पर्छ । त्यसमाथि चीनका परराष्ट्रमन्त्रीले अमेरिका चीनविरुद्ध शीतयुद्धको स्थिति ल्याउन उद्यत रहेको भनी बयान दिँदा विश्व दोस्रो चरणको शीतयुद्धमा प्रवेश गरेको संकेत पाइएको छ र पहिलो शीतयुद्धमा जस्तो नेपालले दुई महाशक्तिलाई सन्तुलनमा राख्न निकै मेहनत गर्नुपर्ने हुन्छ ।
पहिलो शीतयुद्धमा अल्झिएका अमेरिका र रुस दुवै देश नेपालबाट भौगोलिक रूपमा टाढा थिए तर दोस्रो शीतयुद्धमा अमेरिकासँग अल्झिने चीन त नेपालको छिमेकी नै हो । चीनको अहित हुने काम नेपालमा जानाजान वा भूलवश भएमा चीनले अब पहिलेको जस्तो सामान्य चिन्ता मात्र व्यक्त नगरी त्यसभन्दा एक कदम अघि बढ्नसक्ने सम्भावना छ ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...