×

NMB BANK
NIC ASIA

एक लाख क्विन्टल चामल खरीद अन्योलमा, रोकियो गहुँ खरीद

जेठ २०, २०७७

NTC
प्रतिकार्यात्मक तस्वीर।
Premier Steels

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र  आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ।

Muktinath Bank

कम्पनीसँग मौज्दात  चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वा भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै  निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो। व्यवसायीको आग्रह अनुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५  निवेदन परे पनि छनोट हुन नसकेको कम्पनीले जनाएको छ।


Advertisment
Nabil box
Kumari

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए तापनि दर धेरै भएपछि छनोट हुन नसकेको हो। उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनोट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ। चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो। त्यसैगरी दोस्रो र तेस्रो पटक १५/१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो। तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ।

Vianet communication

रोकियो गहुँ खरीद
खाद्य कम्पनीले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद प्रक्रिया शुरु गरेकामा कोरोना संक्रमणको जोखिमले खरीद प्रक्रिया रोकिएको छ। गत वैशाख अन्तिम सातादेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद शुरु भएकामा उक्त क्षेत्रमा कोरोना संक्रमित बढेसँगै खरीद प्रक्रिया रोकिएको न्यौपानेले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा संक्रमित वृद्धि भएपछि प्रशासनको समन्वयमा खरीद प्रक्रिया रोकिएको हो।

कम्पनीले धनगढी र राजापुरमा दश/दश हजार तथा  नेपालगञ्ज र  भैरहवामा पाँच/पाँच हजार गरी ३० हजार क्विन्टल गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको थियो । बन्दाबन्दीका कारण नेपालगञ्ज र भैरहवामा खरीद प्रक्रिया शुरु हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x