×

NMB BANK
NIC ASIA

अर्थमन्त्रीले संसद्‍मा माफी माग्नुपर्ने नविनाको माग– मुला रोपेर आलु फलाउने गफ दिने ?

जेठ २५, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नविना लामाले संविधान र नेकपाको चुनावी घोषणापत्रविपरीत बजेट ल्याएको भन्दै अर्थमन्त्री र शिक्षामन्त्रीले संसद्‍मा आत्मालोचनासहित माफी माग्नुपर्ने बताएकी छन् । अहिलेको बजेटले शिक्षा क्षेत्रमा तुसारापात गरेको आरोप उनले लगाइन् ।

Muktinath Bank

विनियोजन विधेयकमा शिक्षा मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै सांसद लामाले चुनाव लड्न नपर्ने अर्थमन्त्रीले बजेटमा मनोमानी गरेको आरोप लगाएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बजेट नेपालको संविधानअनुसार समाजवादउन्मुख राज्य बनाउने र नेकपाको चुनावी घोषणापत्र दुवै कोणबाट च्युत भएको देखिन्छ । संविधानको धारा ३१ ले शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ, तर बजेटको दफा १ सय ६६ मा माध्यमिक शिक्षा निजी क्षेत्रलाई दिने संकेत गरिएको छ,’ सांसद लामाले भनिन्, ‘यसको म घोरविरोध गर्न चाहन्छु, नेपाली जनताको रगतसँग साटेको संविधानको मर्मविपरीत छ, नेपाली विद्यार्थी आन्दोलनलाई कुठाराघात गरेका छ । त्यतिमात्र होइन नेकपाको शिक्षा नीति विपरीत छ । शिक्षामन्त्री र अर्थमन्त्रीले संसद्‍मा आत्मालोचना सहित माफी माग्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

बजेटले शिक्षा क्षेत्रमा तुसारापात गरेको आरोप लगाउँदै उनले भनिन्, ‘नेकपाको समाजवादको शिक्षा नीति यही हो, यो त चोभारमा बगाएर सुन्दरीजलमा गएर खोजेजस्तो भएन ? मुला रोपेर आलु फलाउने जस्तो गफ दिए जस्तो भएन ? शिक्षामा जुन ढंगले तुषारापात गरेको छ । फेरि पनि घोर भत्सनागर्न चाहन्छु ।’

Vianet communication

सांसद लामाले कहिलै चुनावमा लड्नु नपरेका कारण अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बजेट बनाएको टिप्पणी गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x