पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
जेठ २९, २०७७
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई सरकारले जग्गा उपलब्ध गराउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालसँग जोडिएको सेक्टर वन कार्यालय, बुटवलको जग्गा प्रादेशिक अस्पताललाई आवश्यक संरचना निर्माणका लागि दिने निर्णय गरेको हो ।
लामो समयदेखि रोकिएको जग्गा अस्पतालले पाउने निर्णयसँगै अस्पतालको विकास र सेवा विस्तारमा टेवा पुग्नेछ ।
अहिले सेक्टर वन कार्यालयको भवन र जग्गा इलाका प्रशासन कार्यालयले प्रयोग गरेको छ । प्रादेशिक अस्पतालदेखि दक्षिणतर्फ रहेको १ बिगाह ८ कट्ठा जग्गा अस्पतालको पूर्वाधार विस्तारका लागि उपलब्ध गराउने निर्णय भएको छ ।
सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै लामो समयदेखि अवरुद्ध अस्पतालको पूर्वाधार विकास कार्य अगाडि बढाउन सहज हुने भएको छ ।
उक्त वनको जग्गा प्राप्तिका लागि नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निरन्तर पहल गरेका थिए ।
अस्पतालले करीब ८ अर्ब हाराहारीको लागतमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने गुरुयोजना सार्वजनिक गरिसकेको छ । प्रदेश सरकारले अस्पताललाई गौरवको योजनाका रूपमा अगाडि बढाएको छ ।
प्रादेशिक अस्पतालका लागि उक्त वन कार्यालयको जग्गा लिएबापत बुटवल उपमहानगरपालिकाले सोही क्षेत्रफल बमोजिमको जग्गा अन्य क्षेत्रमा वन कार्यालयका उपलब्ध गराउने छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताउँदै यसले अस्पतालको विकासका लागि सहज बाटो खुलेको बताए ।
उनले जग्गा प्राप्तिसँगै अस्पतालको विकासको ढोका खुल्ने बताए ।
अस्पताल परिसरका व्यावसायिक सटरहरू भत्काएर पर्खाल लगाउने काम अब अगाडि बढाउँदै छ । त्यस्तै अस्पतालको उत्तरपट्टि रहेका जग्गाहरू पनि खाली गराएर नयाँ संरचना निर्माणको कामलाई अगाडि बढाइएको छ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...