कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ।
नेकपा महासचिव विष्णु पौडेलका अनुसार नागरिकतासम्बन्धी विधेयक लगायतका विषयमा छलफल गर्न बिहान ९ बजेका लागि सचिवालय बैठक तय भएको हो।
संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा पनि वैवाहिक अङ्गीकृत नागरिकताको सवाल पेचिलो बनिरहेका बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी ओलीले बिहीबार मात्र नेकपा र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग नागरिकतासम्बन्धी विधेयकमा सहमति जुटाउने विषयमा छलफल गरेका थिए।
कांग्रेसका नेताहरुले विद्यमान कानुनमा परिवर्तन गरे संवैधानिक व्यवस्था र हालको कानुनविपरीत हुने र वैवाहिक अङ्गीकृत नागरिकताको विद्यमान व्यवस्था विवाह गरेर आउने महिलाले पाउने अधिकार भएको तर्क गरेका थिए। नेकपासहित दलका कतिपय नेताहरुले विदेशी महिला विवाह गरेर नेपाल आएकाे ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता दिनुपर्ने तर्क गरिरहेका छन्। तर यस व्यवस्थाले महिलामाथि विभेद हुने भन्दै आलोचना गर्नेहरु पनि उत्तिकै छन्।
लामो समयदेखि संसदमा अड्किएको यो विधेयकलाई टुंगो लगाउनुपर्ने दबाबमा रहेको सरकारले पार्टीभित्र पनि सहमति खोज्ने प्रयास गरिरहेको हो।
यसै सन्दर्भमा शुक्रबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा नेकपाकै नेताहरुसँग छलफल गरेका थिए। छलफलमा नेताहरुले 'सचिवालय बैठक कहिले बस्छ ?' भनेर प्रश्न गरेका थिए।
जवाफमा ओलीले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
छलफलमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पनि सहभागी थिए। समितिमा रहेका नेकपाका नेताहरुले नागरिकता विधेयकमा नेतृत्वको 'ग्रिन सिग्नल' खोजिरहेका छन्।
पछिल्लो पटक नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित हुँदै आएको छ।
यसअघिका बैठकका एजेण्डा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रहँदै आएकोमा भोलिको बैठकको मुख्य एजेण्डा नागरिकता विधेयक रहनेछ।
यद्यपि, बैठकमा एमसीसीसहितका विषयमा समेत छलफल हुने ठानिएको छ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...