×

NMB BANK
NIC ASIA

‘पुष्पलाल चक्रपथ तथा भीमफेदी–कुलेखानी सुरुङ निर्माण उच्च प्राथमिकता’

असार १८, २०७७

NTC
फाइल फोटो।
Premier Steels

वाग्मती प्रदेश सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७७ को विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ । 

Muktinath Bank

बैठकमा विनियोजन विधेयक, २०७७ को भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं भौतिक पूर्वाधार तथा योजनामन्त्री रामेश्वर फुयाँलले वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट उपत्यका बाहेक १० वटा जिल्लालाई जोड्ने पुष्पलाल चक्रपथ सडक आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने कार्यतालिकासहित सरकार अघि बढेको बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्रको अर्थतन्त्रलाई निकै दरिलो र प्रभाव पार्ने खालको हेटौँडा–काठमाडौँ जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी सुरुङमार्ग निर्माणका लागि सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर आगामी चार वर्षभित्र सुरुङको निर्माण कार्य सम्पन्न गर्ने र सो मार्गमा सबै प्रकारको यातायात सञ्चालन गर्नेतर्फ सरकारले पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान गरिसकेको बताए।


Advertisment
Nabil box
Kumari

मन्त्री फुयाँलले चितवनमा चक्रपथ, सिन्धुलीमा पक्की पुल निर्माण र ललितपुरको खोकनामा राजकुलो निर्माण र विस्तार तथा प्रदेशको १३ वटै जिल्लामा सडक निर्माण, कृषि उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापन गर्न सिँचाइ कुलोको निर्माण, झोलुङ्गे पुल, अस्पताल, खानीपानी निर्माणका लागि सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए। 

Vianet communication

प्रदेशको स्थायी राजधानी हेटौँडामा मुख्यमन्त्री तथा विभिन्न मन्त्रालय, प्रदेशसभाको सभागृह निर्माणका लागि प्रक्रिया शुरु भइसकेको जानकारी दिदैं उनले सरकारले अब आगामी आर्थिक वर्षदेखि असारे विकास गर्ने प्रविधिलाई त्यागेर नियमित कार्यतालिकाअनुसार नै निर्माण कार्य सञ्चालन गर्ने जानकारी दिए।

यसैगरी सामाजिक विकासमन्त्री युवराज दुलालले आफ्नो मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिदैं प्रदेशको १३ वटै जिल्लामा कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि उच्चस्तरीय अस्पतालको व्यवस्थापन, आइसोलशन कक्ष र क्वारेन्टिनको व्यवस्थापन गर्ने र ती क्षेत्रमा कोरोना सङ्क्रमित परीक्षणका लागि पीसीआर किट उपलब्ध गराउँदै परीक्षणको सङ्ख्या बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताए।

उनले उच्चस्तरीय गुणात्मक अध्यापनका लागि विज्ञान, गणित, अङ्ग्रेजी विषयगत शिक्षक प्रत्येक विद्यालयमा दरबन्दी कायम राख्ने र प्रदेशको राजधानी हेटौँडामा एक प्राविधिक विश्वविद्यालयको स्थापना गर्नेतर्फ सरकारले बजेट समावेश गरी कार्यान्वयन गर्ने बताउँदै सरकारले आगामी आवका लागि प्रदेशको १३ वटै जिल्लामा खेलकुदका लागि आवश्यक विभिन्न राष्ट्रिय प्रतियोगिता, युवा कार्यक्रम र केही नयाँ रङ्गशालाको निर्माणका लागि बजेट विनियोजित गरिएको जानकारी दिए। 

स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति, चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गर्ने तथा हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि थप बजेट समावेश गरिएको बताए। 

मदनभण्डारी स्वास्थ्य प्रतिष्ठानले सातवटै प्रदेशका विद्यार्थीहरुलाई चिकित्सक क्षेत्रमा अध्ययन गर्ने क्रममा अवसरबाट वञ्चित नगरिने र उक्त संस्थालाई दलगत राजनीतिबाट मुक्त तुल्याइ गुणस्तरीय शिक्षालाई अघि बढाउन सरकार दृढताका साथ लागि पर्ने उनले बताए। 

यसअघि बैठकमा सत्तापक्षका सदस्यले छलफलमा भाग लिदैं सरकारले ल्याइएको आगामी आवको बजेट सकरात्मक भएको भए पनि प्रदेशको ६६ वटा निर्वाचन क्षेत्रको ११९ वटा स्थानीय तहमा सम्मानजनक विकासको पूर्वाधारका योजनाहरु पर्न नसकेको गुनासो गरे।

उनीहरुले प्रदेशको प्रत्यक टोलको एक घरको एक परिवारमा एक धारा वितरण गरिने लक्ष्यलाई साकार पार्नुपर्ने सुझाव दिदैं वैदेशिक रोजगारको अवसर गुमाएर फर्किएका नेपालीहरुको स्वास्थ्य उपचार गर्न र तत्काल रोजगारीका अवसर जुटाउन युवा रोजगार कार्यक्रम ल्याइएको तथा खेलकुद क्षेत्रलाई सम्मानजनक रुपमा राष्ट्रियस्तरमा सहभागी गराउन सामाजिक विकास मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए।

ललितपुरको खोकनाका स्थानीय कृषकहरुको करिब ७ हजार २३४ रोपनी जग्गाको क्षतिपूर्ति उपलब्ध नगराई जबरजस्ती जग्गा स्थानीय प्रशासनले कब्जा गर्न खोजेकोमा प्रदेश सरकारले तत्काल ती क्षेत्रमा अनुगमन गरी कृषकहरुको मागबमोजिम राहत वितरण गर्न पनि उनीहरुले सुझाव दिए। 

यसरी सुझाव दिने सदस्यहरुमा केशवराज पाण्डे, शान्तिप्रसाद पौडेल, शशिजङ थापा, पशुपति चौलागाई, रत्नप्रसाद ढकाल, लालकुमारी पुन, धनश्याम दाहाल, केशवप्रसाद पोखरेल, गोमा भुर्तेल, जगतबहादुर सिमखडा, हिमालय गोले, रामलाल महत्तो, मैन अछामी, जुनेलीमाया श्रेष्ठ, चेतनाथ सञ्जेल, विनोदकुमार खड्का, ओमबहादुर  घलान, आशामाया तामाङ, राजकाजी महर्जन, उर्मिला कर्माचार्य र बुद्धीमान माझी छन् । 
    
प्रदेशसभाका अर्को बैठक असार १९ गते बिहान ८ बजे बस्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x