आईएमएस ग्रुपद्वारा 'स्मार्ट डोको'मा लगानी

आईएमएस ग्रुपले स्मार्टडोकको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।

स्मार्ट डोको नेपालकोसबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म मध्ये एक हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पुर्‍याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ । 


Advertisement

यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन् जसका कारण स्मार्टडोको सबैभन्दा मनपर्ने अनलाइन साइटहरूमध्ये एक मानिन्छ ।

‘नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्रगतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको छ,’ आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताएका छन् ।


Advertisement

उनले थपे,‘हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोको को ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो । हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं । हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो । थप रूपमा हामी दुबै वेबसाइट र मोबाइल बउउष्अिबतष्यल लाई पुनः सुधार गर्दैछौं ताकि स्मार्टडोको प्रयोगकर्ताहरूलाई सहज र आकर्षक ईन्टरफेसको अनुभव होस् । साथसाथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाती चरणको रूपमा स्मार्टडोकको नयाँ लोगो प्रस्तुत गर्न चाहन्छौं । हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहीरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रादन गर्न सक्नेछौं ।’
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्