×

NMB BANK
NIC ASIA

भारतीय मिडियामा नेपालबारे अफवाह, के हेरेर बस्छ हाम्रो दूतावास ?

असार २४, २०७७

NTC
Premier Steels

नेपालमा सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक विवादलाई लिएर पछिल्ला दिनमा भारतीय मिडियामा अफवाह आउन थालेको छ ।

Muktinath Bank

नेपालले आफ्नो नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रत्येक दिनजसो गलत तथ्यसहित समाचार या विश्लेषण प्रकाशन र प्रसारण गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दी दैनिक, टेलिभिजन तथा अंग्रेजी दैनिकमा प्रकाशित प्रकाशित समाचारमा उनीहरूले ‘नेपाल चीनको पोल्टामा गयो’ भन्ने आशय अभिव्यक्त गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

केही सञ्चार माध्यमले नेपालका लागि चिनियाँ राजदूतलाई जोडेर विभिन्न अफवाह फैलाएका छन् ।

Vianet communication

गत असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नक्सा प्रकाशित गरेपछि भारतीय मिडिया र बुद्धिजीविले आफ्नो सरकारविरुद्ध मिसन गरिरहेको बताएका थिए ।

नेपाल मामिलामा भारतीय मिडियाले अतिरिक्त चासो दिइरहेका छन् । 

भारतीय टेलिभिजन जी न्यूजले चिनियाँ राजदूतलाई गैर कूटनीतिक भाषा प्रयोग गरेर आरोप लगाएको छ ।

केहीदिन पहिले आजतकको अनलाइन संस्करणमा चिनियाँ राजदूतले नेपाललाई भारतको पोल्टाबाट खोसेर लगेको आरोप लगाउँदै स्टोरी लेखेको थियो । 

भारतीय मिडियामा नेपाल मामिलाको बारेमा अफवाह फैलाउने समाचार आउँदा पनि दिल्लीस्थित नेपाली दूतावास भने मौन छ । त्यस्ता अफवाह फैलाउन नदिन दूतावासको कुनै भूमिका देखिन्न । 

‘भारतीय मिडियामा एकप्रकारको चीनफोबिया छ, नेपालमा चीनको गतिविधि बढ्यो भनेर उनीहरू एकतर्फी प्रचार गरिरहेका हुन्छन्,’ भारतका लागि एक पूर्व नेपाली राजदूतले भने, ‘त्यस्ता अफवाह रोक्न कुटनीतिक च्यानल प्रयोग गर्नुपर्छ ।’ यसका लागि दूतावासलाई चलायमान बनाउने र डायनामिक व्यक्तिलाई राजदूत बनाएर पठाउनु पर्ने उनको तर्क छ ।

कुनै दुई देशको मामिलामा तेस्रो मुलुक र उसको राजदूतलाई जोड्नु आपत्तिजनक भएको जानकारहरू बताउँछन् ।

चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झा भारतीय मिडियामा आइरहेका अफवाहले नेपाल–भारत सम्बन्धमा असर पार्ने बताउँछन् ।

‘दुई देशको सम्बन्धमा असर पार्ने काम मिडियामा प्रकाशित हुनु दु:खद् हो, त्यसमा पनि तेस्रो मुलुक र उसको राजदूतलाई जोडेर कु-प्रचार गर्नु कुनै पनि प्रजातान्त्रिक देशका मिडियाले गर्न हुने काम होइन,’ डा. झा भन्छन्, ‘कूटनीतिक च्यानल प्रयोग गरेर त्यस्ता अफवाह रोक्न पहल गर्नुपर्छ ।’

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको नक्सा प्रकाशित गरेपछि ओली भारतीय मिडियामा तारो बनेको झाको बुझाइ छ ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाखमा गएर बोल्न हुने, ओलीले आफ्नो देशको नक्सा प्रकाशित गर्न नहुने ?’ झा प्रश्न गर्छन्, ‘ओलीलाई ३ करोड जनताले गाली गर्न पाउँछन्, कुनै विदेशीले होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x