बाह्रबीसे पुगे सभामुख अग्नि सापकोटा

बाढी र पहिरोले पुर्‍याएको धनजनको क्षति अवलोकनका लागि सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको बाह्रबीसे पुगेका छन् ।

मौसममा खराबीका कारण पहिलोपटक धुलिखेलको आकाशबाटै फर्किएको हेलिकप्टर मौसम केही उघ्रिएपछि बाह्रबीसे अवतरण गरेको हो ।


Advertisement

सभामुख बाह्रबीसे पुगेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले पुष्टि गरेका छन् । 'सभामुख अग्निप्रसाद सापकोटा बाह्रबीसे आइपुग्नुभएको छ,' न्यौपानेले फेसबूकमा लेखेका छन् ।

गएराति ठाडो खोलामा आएको बाढी र पहिरोले बाह्रबीसेको जम्बु बजारका १५ घर बगाएर भोटेकोशीमा पुर्‍याएको छ ।


Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार २ जनाको शव भेटिएको छ भने २० जना बेपत्ता छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्