चीनबाट हुनसक्ने सम्भावित आक्रमण रोक्न ताइवानले गर्‍यो युद्धाभ्यास

ताइवानका सैनिकहरूले चीनबाट हुनसक्ने सम्भावित आक्रमण रोक्नका लागि बिहीवार तटीय क्षेत्रमा सैन्य अभ्यास गरेका छन् । यो वार्षिक गरिने लाइभ–फायर अभ्यासकै पछिल्लो कडी हो ।

पाँच दिने यो अभ्यास सोमवारदेखि शुरू भएको हो । ताइवानको सशस्त्र बलले चीनको अतिक्रमण कसरी रोक्न सक्छन् भन्ने विषयको परिक्षणका लागि यो अभ्यास गरिएको हो । 


Advertisement

बेइजिङले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र एक दिन त्यसलाई आफ्नो नियन्त्रणमा ल्याउने बताएको छ । आवश्यक परेमा बल प्रयोग समेत गर्न सक्ने उसको भनाइ छ । 
 

बिहीवारको अभ्यासमा ताइवानका लडाकू जेट विमान, युद्धजहाज तथा पैदल सेनाले ताइचुङमा अभ्यास गरेका हुन् । अभ्यासमा ८ हजार सैनिक सहभागी छन् । 


Advertisement

राष्ट्रपति त्साई इङ–वेनले अभ्यासको अवलोकन गरेकी थिइन् । आफूहरूको बलियो प्रतिरक्षा क्षमता अनि ताइवानको रक्षा गर्ने दृढ निश्चय संसारले देखेको उनले ट्वीट गरेर बताइन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्