×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री रोजगार कार्यक्रम– स्थानीय तहले दिएनन् २ अर्ब २८ करोडको खर्च विवरण

साउन १, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा भएको खर्चको विवरण स्थानीय तहले अहिलेसम्म पेश नगरेको पाइएको छ ।

Muktinath Bank

महालेखा परीक्षकको ५७ औं प्रतिवेदनमा स्थानीय तहबाट खर्चको विवरण लिएर उपलब्धिको मूल्यांकन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३ अर्ब १० करोड विनियोजन भएकोमा २ अर्ब २८ करोड २५ लाख खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

यो वर्ष ७ सय ५३ स्थानीय तहमा दर्ता भएका १३ लाख ३३ हजार बेरोजगारमध्ये १ लाख ७२ हजार जनालाई १०० दिनको रोजगारी दिइएको प्रतिवेदनमा उल्लेख छ । 

Vianet communication

‘प्रत्येक स्थानीय तहमा रोजगारी सिर्जना गर्न न्युनतम ५ लाखदेखि अधिकतम १ करोडसम्म निकाशा दिइएकोमा स्थानीय तहबाट हालसम्म पनि खर्चको विवरण पेश भएको छैन । स्थानीय तहबाट खर्चको विवरण लिई उपलब्धिको मूल्यांकन हुनुपर्दछ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

स्थानीय तहलाई निकाशा भएको रकमबाट गर्नुपर्ने कार्य नतोकिएकाले स्थानीय तहले आफूखुशी खर्च गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

बाँदर धपाउनेदेखि मकै बारी खनेर प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम दुरुपयोग गरेका घटना सार्वजनिक भएका थिए ।

स्थानीय निकायबाट भएका कार्यहरूको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रगति विवरण लिएको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x