साना तथा मझौला उद्यमीलाई  १५ प्रतिशत ब्याजमा ऋण, ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा

कोभिड–१९ संकटबाट अति प्रभावित क्षेत्रका उद्यम व्यवसायको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले विभिन्न कर्जामा प्राथमिकता दिएको छ । 

मौद्रिक नीतिले हवाइ उड्यन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्ट लगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालु पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइने भएको हो । 


Advertisement

पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणाधिन आयोजनाहरु निर्माण सम्पन्न गर्न पुँजीको अभाव हुने भएमा त्यस्ता आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगबाट कर्जा उपलब्ध हुने व्यवस्था गरिनेछ ।

वाणिज्य बैंकहरुले २०८१ असार मसान्तसम्म लघु, साना एवम् मझौला उद्यमका क्षेत्रमा रु. १ करोड भन्दा कम रकमका कर्जाहरु आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने गरी प्रवाह गर्नु पर्ने व्यवस्था मिलाइने छ । 


Advertisement

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट तोकिएका क्षेत्रमा  ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाबाट तोकिएको क्षेत्रमा ऋणीलाई ५ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा दिइने भएको हो ।

सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्नुका साथै लक्षित क्षेत्र र वर्गमा कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले वाणिज्य बैंकले कम्तीमा ५०० वा न्यूनतम प्रतिशाखा १० र राष्ट्रिय स्तरका विकास बैकले कम्तीमा ३०० वा न्यूनतम प्रति शाखा ५ मध्ये जुन बढी हुन्छ सोही संख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिनेछ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्