आलुको हलुवा बनाउने तरिका जान्नुहोस्

आलुको हलुवा कसरी बनाउने

सामग्री
उमालेको आलु तीनवटा
घिउ १ चम्चा
दूध आधा कप
चिनी आधा कप
अलैंचीको धूलो अलिकति


Advertisement

सजावटका लागि
ड्राई फ्रुटहरू मसिनो गरी काटेर

विधि
पहिला उमालेको आलुलाई बोक्रा निकालेर फुटाउनुस् । 


Advertisement

अब एउटा प्यानमा घिउ हालेर पगाल्नुस् । 
 

प्यानमा आलु राखेर भुट्नुस् । 

आलुमा घिउ पसेपछि दूध र चिनी मिसाउनुस् । 

त्यसलाई चलाइरहेर हलुवा गाढा भएपछि अलैंचीको धूलो मिसाउनुस् । 

हलुवा तयार भयो । त्यसलाई प्लेटमा राखेर ड्राई फ्रुटले सजाउनुस् । 

भोकलाई नियन्त्रणमा राख्न आलु उपयोगी हुन्छ । यो खाएपछि लामो समयसम्म ऊर्जा कायम रहन्छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्