पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
लोकतन्त्रको प्राथमिक अर्थ सर्वसाधारणका दैनन्दिनी आवश्यकता पूरा गर्नु र समानताको प्रवद्र्धन गर्नु हो तर प्रजातन्त्रले दार्शनिक आधार पाएको २५ सय वर्ष र आधुनिक लोकतन्त्रको अभ्यास शुरू भएको २ शताब्दी बितिसक्दा पनि लोकतन्त्र कार्यमूलक हुन सकेको छैन ।
लोकतन्त्रको अर्थ पूरा हुने गरी लोकतन्त्र वितरण हुने प्रणाली विकास हुन सकेको छैन । कार्ल मार्क्सले भनेझै दार्शनिकहरूले विभिन्न दर्शन त दिए तर ती दर्शनलाई कार्यरूपमा लगेर लागू गरी जीवन पद्धति सुधार गर्न सधै चुके । त्यसैले असमानता र अभाव भोगिँदो यथार्थ बनि नै रह्यो ।
प्राकृतिक अवस्था, शासकीय–आर्थिक प्रणाली, अवसर उपयोगको स्वरूप र वैयक्तिक प्रवृत्तिका कारण समाजमा असमानता रहन्छ । राज्य प्रणाली र सबै प्रकारका औपचारिक संरचनाहरू सामाजिक न्याय, समानता र मानवीय प्रगतिका लागि लोकतन्त्र वितरण गर्न सिर्जना भएका हुन्, त्यसो गर्नु राज्यको कर्तव्य पनि हो तर समानता उद्देश्य हो, असमानता भोगिँदो यथार्थ ।
भौगोलिक अवस्थिति, व्यक्तिको पारिवारिक पृष्ठभूमि, सम्पत्ति, पेशा, दायित्व, ज्ञान, स्वतन्त्रता, प्रभाव, शक्ति सम्बन्ध र सांस्कृतिक हानीले समाजमा असमानतालाई मलजल गरिरहेको छ । राज्य जस्ता मानवीय संस्थाको दायित्व असमानता हटाउने हो, नसके घटाउने हो । नीति, दर्शन र मोडेलको उद्देश्य पनि सामाजिक सुव्यवस्था कायम गर्ने हो । आविस्कार र अनुसन्धान पनि मानवीय सुखका अभियान हुन् । भुल्न नहुने कुरा के हो भने असमानता र वञ्चिती सबै प्रकारका सामाजिक समस्याका कारण हुन् ।
असमानता किन हुन्छ ? कसरी असमानता बढ्छ ? असमानताका कारणमा बहस पुरानो विषय हो । कतिपय बहसहरू आग्रहपूर्ण छन् र असमानता घटाउने नाममा बढाउन नै योगदान गर्छन् । कतिपय बहसहरू युटोपीया सिर्जना गर्ने खालका छन्, वास्तविकतामा अनुवाद गर्न सकिँदैन । केही बहसहरू असमानताका कारणसम्म खोज्न सक्छन् तर परिणाममा पुग्ने पूर्णतामा भने देखिँदैन । पश्चिमी दार्शनिक प्लेटो तथा आरस्तुले नागरिकलाई २ वर्गमा विभाजन गरेका थिए – शासक र शासित । विद्वता र हैसियतका आधारमा असमान वर्गीय स्वरूप देखापर्यो । पूर्वीय दर्शन जातीयता र लैंगिकताबाट असमान वर्गीय चरित्र देखियो ।
यो संस्कार संस्थागत हुँदै जाँदा सांस्कृतिक र शासकीय लाभबाट ठूलो समुदाय किनारामा पर्दै गए । सांस्कृतिक लाभको प्रभाव जात र परिवारभित्र पनि पर्न गयो । अवसरको पहुँचमा रहेको परिवार वा समूह अभिजात्य बन्दै गयो । मानिसको मनोवृत्तिले पनि असमानतालाई साथ दिएको सत्य हो । राज्यहरू शक्ति र प्रभाव विस्तारमा लागे । औद्योगिक जागरण बढ्यो । उत्पादन संगठन परिवर्तनको आधार श्रमको अतिरिक्त मूल्य भयो, यो नै आर्थिक वृद्धि (पुँजी विस्तार) र असमानताको पनि आधार बन्यो । मार्क्सवादीहरू आर्थिक संगठनमा रहने अतिरिक्त मूल्यका कारण वर्गीय असमानता (शोषक–मजदुर) बढेको भन्ने निष्कर्षमा छन् । उनीहरू औपचारिक संस्थाहरू वर्गीय चरित्र बोक्ने भएकाले वर्गविहीन/राज्यविहीन समाज (साम्यवाद) को गन्तव्य राख्दछन् ।
उदार अर्थतन्त्र वा नवउदारवाद असमानताको कारक बन्यो भन्ने कतिपय अर्थराजनीतिज्ञको भनाई छ । उदारवादी र राज्यवादीहरूका परस्पर प्रतिस्पर्धी तर्कहरू छन् । राज्यवादीहरूको मान्यता उदारवादका नाममा राज्य सामाजिक न्यायबाट भाग्ने गर्दछ भन्ने र उदारवादीहरू समानता र न्यायका नाममा राज्यले आर्थिक कुशलता नै प्राप्त गर्दैन भन्ने छ । उदारवादीहरू सरकारभन्दा बजारलाई, सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी व्यवसायलाई प्राथमिकता दिन्छन् । यसो गर्दा विनियोजन दक्षता, वैयक्तिक प्रतिस्पर्धा र पुँजी निर्माणको प्रक्रिया छिटो हुन्छ तर उदारवादको बाइप्रोडक्टका रूपमा असमानता स्वाभाविक रूपमा फराकिन्छ । २ दशकसम्म केही पुँजीवादी मुलुकहरूको अध्ययनबाट थोमस पिकेटीले निकालेको निष्कर्षले सम्पत्ति–आय अनुपात, सम्पत्ति असमानता र आय असमानता सबै पुँजीमा हुने प्रतिफल दरको अन्तर र आर्थिक वृद्धिदरबीच हुने अन्तर एकै दिशामा वृद्धि हुन्छन् ।
अर्को शब्दमा भन्दा पुँजीको प्रतिफल दरले अर्थतन्त्रको वृद्धिदरलाई उछिन्न थाल्दछ, असमानता पनि बढ्न थाल्दछ । पुँजीको विस्तार र गतिशीलताले असमानतालाई पनि साथै ल्याएको हुन्छ तर रेगनोमिक्स र नयाँ दक्षिणपन्थी जागरणले यो प्रक्रियालाई निरन्तरता मात्र होइन, तीव्र पार्ने अभियान नै चल्यो । सबै लोकतान्त्रिक मुलुक यस अभियानमा आवद्ध भए । बहुराष्ट्रिय कम्पनी पुँजी विस्तारका कर्पोरेट गुरिल्लाका रूपमा तीव्र दौडिए । नब्बेको दशकमा आई नपुग्दै विश्वव्यापीकरण र वित्तीयकरणले असमानता झाँगियो । उसो भए विश्वव्यापीकरण र नवउदारवादले असमानता विस्तारका अभियान हुन्, राज्य प्रणाली त्यसको उत्प्रेरक हो । किनकि सबैजसो लोकतान्त्रिक मुलुक गतिशील र बलियो अर्थतन्त्र, आर्थिक वृद्धि र वित्तीयकरणमा जोड दिइरहेका छन्, जसमा नियमन दक्षता पनि देखिएको छैन । त्यसैले असमानता हटाउन त परै जाओस्, घटाउन पनि चुकिरहेका छन् । औपचारिक एजेण्डा र वास्तविक (हिडेन) एजेण्डाबीच द्वन्द्व पनि देखिएको छ । त्यसैले लोकतन्त्रको वास्तविक आशय पूरा भएन, लोकतन्त्र वितरण सर्वसाधारणसम्म हुन सकेन, असमानता र प्रतिस्पर्धा चाहिँ वितरण भयो ।
समान अवस्थाको समाजवाद युटोपिया मात्र हो तर असमानता घटाउन भने सकिन्छ, आधारभूत समानता प्राप्त गर्न सकिन्छ । यसका लागि हालसम्म अभ्यास गरिएका आर्थिक दर्शनका मोडेल भने असफल छन् । उदारवादको सख्त विरोधी साम्यवादले पनि राज्यवादका कठोर पदसोपान बलिया बनाउने भएकाले त्यो आफैं समानता वितरणको पर्खाल बन्दै आयो । यी दुवैको विचको शासकीय–आर्थिक मोडेल होडगेपोड्गे बन्यो, जस्तो कि पञ्चायतकालीन नेपाल ।
कुन वाद र सिद्धान्तले समानता ल्याउँछ भन्ने बहस अन्तहीन छ । (त्यसैले पनि असमानता संस्थागत हुन बल पुर्यायो) । ओवेनी समाजवाद वा मार्क्सेली वर्गहीन समाज युटोपिया हो तर के भुल्न हुन्न भने मानवीय निजत्वका मूल्य त्यत्तिकै महत्त्वपूर्ण छ, जसलाई सामूहिकीकरण गरेर राज्यप्रणालीले साझा मूल्य संस्थागत गर्नुपर्दछ । मेथ्यू गोल्डवर्ग समाजवादले भन्दा पुँजीवादले मानवीय विविधताको सम्बोधन र सामाजिक समावेशिता प्रवद्र्धन गर्ने मान्यता राख्दछन् । उनका अनुसार समाजवादी व्यवस्थामा प्रतिस्पर्धाका कमीले व्यक्तिको क्षमता र दक्षता बेवास्ता भई भाइभतिजावादले प्रश्रय पाउँछ । संस्थागत संरचनामा समावेशिताको प्रयास समाजवादले गरे पनि स्वाभाविक–स्वचालित समावेशिताको ढोका उदारवादले मात्र खोल्दछ ।
यी विवादहरू दुवैतर्फका ‘अति’ हुन् र असमानताका आधार पनि । वस्तुनिष्ठ व्यवहारबाट दुवै अति विषयान्तर छन् । साम्यवाद भइकन चीनले भूमि व्यवस्थापन र आधारभूत वस्तुमा राज्यवादको हावी र पुँजी, व्यवसाय तथा वित्तीयकरणमा उदारवादको एकसाथ प्रयोग गरी व्यावहारिकताको खोजी गर्यो । स्क्याण्डिनेभिएनले दरिलो सामाजिक सुरक्षा प्रणाली अपनाइ सम्पत्तिप्रतिको अवधारणालाई पुनःसंरचित गरे । वर्नी सेन्डर्सको सामाजिक न्याय र समाजवाद एवं गोर्डन ब्राउनको आदर्श न्याय (नोबल गोल) लोकतान्त्रिक राज्यको अनुहार हुनुपर्छ । ब्रुनो काइस्की, बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सार शायद यही थियो तर के भुल्नु हुन्न भने आर्थिक सामाजिक न्यायका लागि गरिने सिफारिस स्वतः उत्कृष्ठ हुँदैनन् । तिनलाई सिद्धान्त र सूत्रमा खोजिनु नै गल्ती हो । ड्यानी रोडरिकले भनेझै अर्थशास्त्रीहरू सामाजिक वास्तविकता अध्ययन गर्छन् र त्यो प्राकृतिक सत्य होइन ।
अर्थशास्त्रको सामाजिक वास्तविकता समयसन्दर्भ अनुसार परिवर्तन भई नै रहन्छ । वस्तुसत्य र पारिस्थितिकीय समस्याको जरोमा नपुग्दा आर्थिक मोडेल वास्तविक नक्सा नभई चित्र भइदिन्छ, जो हेर्न राम्रा त लाल्छन् तर हेरेर गन्तव्यमा भने पुग्न सकिँदैन । जस्तो कि दुर्गम मोफसलको विपन्न आमाको कोखमा जन्मेकाले भन्दा सुगम सदरमुकामका सम्पन्नको कोखमा जन्मनेले लाइफ टाइम अवसर कैयन गुणा उपभोग गर्दछ । एउटाले प्लेस प्रिमियम र बर्थप्लेस प्रिमियम पाउँछ, अर्कोले पाउँदैन । मोडेल, सिद्धान्त र वादहरू यही चुकेका छन् स्थितिको सामान्यीकरण गरेर । एकै मुलुकका, जिल्लाका व्यक्तिहरूबीच रहेको असमानता घटाउन एकै सूत्र र सिद्धान्त पटक्कै काम लाग्दैन । त्यसैले असमानता हटाउन आदम स्मिथले सामन्ती व्यवस्थाको विकल्पमा उदारवाद भने किन्जले उदारवादको विकल्पमा लोककल्याणकारी राज्य भने एक्काइसौं शताब्दीको शुरूबाट समावेशी लोकतन्त्र भनियो ।
असमानताका स्वरूप र प्रकृति बदलिँदै गएका छन् । यस अवस्थामा लोकतन्त्र वितरणको शैलीको परिवर्तन र दायरा फराकिलो हुनु आवश्यक छ । हिजो असमानता जातिगत थियो, सांस्कृतिक–सामाजिक पुनःसंरचनाको रणनीतिमार्फत सम्बोधन गर्न आवश्यक भयो । त्यसपछि असमानताको अर्को स्वरूप देखियो सम्पत्ति र धनको । वितरण न्याय र सामाजिक सुरक्षाका दरिला उपकरण चाहिने भयो । असमानताको अर्को अनुहार शक्ति सम्बन्ध र प्रभावमा देखियो, समावेशिता र आवाज प्रणालीबाट उपचार खोज्नुपर्ने भयो । क्षमता विकासको पहुँच र अवसर उपयोगमा असमानता देखियो । समान अवसर र सकारात्मक विभेदका उपकरण अभ्यासमा ल्याइए । यी ४ प्रकारका असमानता हटाउन मूलतः संरचनात्मक रणनीति अवलम्बन गरिए, जसका कारण असमानता खासै घटेन भने लक्षित वर्गले अन्तरबोध पनि गरेन । समुदाय र वर्गभित्र अवसरले आभिजात्य बन्ने क्रम देखियो, त्यो असमानताको झनै डरलाग्दो स्वरूप हो भनिरहनु पर्दैन ।
एक्काइसौं शताब्दी लागेपछि मिलेनिएल्सहरू इन्फोटेक, बायोटेक र कम्प्युटरमा खेलिरहेका छन् । फिन्गरस्टिप्समा सबैथोक छ । कृत्रिम बौद्धिकता (एआई) ले मानव सभ्यतालाई नै उथलपुथल पार्दैछ । प्रविधि र डाटासँग अनुकूलित हुने क्षमता निर्माण गर्न नसके मानिसहरू अस्वाभाविक बन्नेछन् । यस शताब्दीका जाज्ल्यवान दार्शनिक युभल नोह हरारी यस पुस्ता र सरकारहरूलाई सचेत गराइरहेका छन् कि लगातार अनुकूलन क्षमता बढाउनु सिवाय अर्को विकल्प छैन । लगातार अनुकूलन हुन नसके सन् २०४०/५० पुग्दा–नपुग्दै अहिलेको मानव पुस्ता गतावधिक बन्ने खतरा छ । यसले रोजगारी, उत्पादन संगठन, शासन प्रणाली, सम्बन्ध स्वरूप, अन्तर्क्रिया संरचना, उपचार विधि, आवतजावत लगायत जीवनपद्धतिका सबै अवयवलाई एकसाथ बदल्ने छ । ज्ञान र प्रविधिले ल्याएका अवसर उपभोग गर्न पनि सकिने अवस्था नरहन सक्छ ।
समुदाय र पुस्तामा अकल्पनीय असमानता देखिने छ, जसलाई सम्बोधन गर्न अहिले नै काम नलाग्ने समाधान सूत्रहरू कति काम लाग्लान् ? अझ नेपालजस्ता अल्पविकसित मुलुकमा पाँचै प्रकारका असमानता एकसाथ देखिँदा समाधान कसरी खोज्ने ? कति पनि ढिला नगरी शिक्षा र सीप विकास लगायतका प्रक्रियामा आमूल परिवर्तन गर्नुको विकल्प छैन ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...