×

NMB BANK
NIC ASIA

कन्द्रा नदीको कटानले विद्यालयसहित सयौं घरधुरी जोखिममा

साउन १०, २०७७

NTC
Premier Steels

 कैलाली जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटस्थित दुर्गा माध्यमिक विद्यालयसहित आसपासको पूरै वस्ती कन्द्रा नदीको कटानको उच्च जोखिममा परेको छ ।

Muktinath Bank

कटान नियन्त्रणको लागि असारको अन्तिममा हतारहतारमा बनाइएको तटबन्ध भाँसिएपछि नदीको भँगालो विद्यालयसहित वस्तीतिर सोझिएपछि उच्च जोखिममा परेको हो । अब सो कन्द्रा नदी र विद्यालयको दुरी जम्मा ५ देखि ८ मिटर रहेको स्थानीय आरती चौधरीले बताइन् । कटान रोकथाम तत्काल नभए विद्यालयको भौतिक संरचना नदीले बगाउने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको सो जोखिम क्षेत्रमा जलस्रोत तथा सिचाँइ डिभिजन कार्यालय धनगढीले असारमै तटबन्ध निर्माण गरेको थियो । तर सम्पन्न भएको एक हप्तामै तटबन्धमै भासिएपछि विद्यालयसहित बस्ती नै जोखिममा परेको उनले बताइन् । 


Advertisment
Nabil box
Kumari

स्थानीयका अनुसार कुसुमघाटको १ सय २२ घरधुरी उच्च जोखिममा र नजिकै रहेको कन्हैयापुरको १ सय ७३ घरधुरी पनि कटानले प्रभावित भएको छ । भने, कटान क्षेत्रबाट मात्र १० मिटरको दुरीमा रहेको सशस्त्र बेस क्याम्प कुसुमघाट पनि जोखिममा परेको छ । 

Vianet communication

असार २८ गते निर्माण सम्पन्न गरेको तटबन्ध साउन ३ गते भासिएको हो । असार ५ गते जलस्रोत तथा सिचाँइ कार्यालय धनगढीसँग २८ लाख बजेटमा तटबन्ध गर्ने सम्झौता भएको निर्माण उपभोक्ता समिति अध्यक्ष हिरासिह बोहराले बताए ।

आर्थिक वर्षको अन्तिम समयमा सम्झौता भएकोले लक्ष्य अनुसार काम गर्न नसकेको बोहरा बताउँछन् । ढिलो सम्झौता हुँदा १६ लाख रकम बराबरको मात्र काम भएको अध्यक्ष बोहराको भनाइ छ । बर्षातमा काम शुरु हुँदा पानी बढेर ३० मिटर काम नभएपछि कन्द्रा नदीले कटान तीब्र पारेको स्थानीयले बताएका छन् ।

हाल स्थानीयबासी र सशस्त्र प्रहरीको प्रयासमा नदी कटान नियन्त्रणको प्रयास भैरहेको छ । भजनी नगरपालिकाले कट्टा/बोरा उपलव्ध गराएपछि माटो भरेरे बैकल्पिक नदी कटान रोकथामको प्रयास भैरहेको छ ।
भजनी नगरपालिका वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले लकडाउनको कारण देखाउँदै ठेकेदारले समयमा काम नगरे बताए ।

असारमा आएर काम गरेपछि तटबन्ध दिगो नभएको वडा अध्यक्ष चौधरीको भनाइ छ । पक्की तटबन्धले काम नगरेपछि कटान रोकथामको लागि स्थानीय र सशस्त्र प्रहरीको संयुक्त प्रयासले बाँस, स्याउलाको प्रयोगले जैविक तटबन्ध निर्माण गरिरहेको बताए ।

वडा अध्यक्ष चौधरीका अनुसार सो नदी कटान क्षेत्रमा तटबन्ध निर्माणको लागि जलस्रोत तथा सिचाँई डिभिजन कार्यालय संग २ करोड ७४ लाखको सम्झौता गरिएको छ । विद्यालय र वस्ती जोगाउन जैविक तटबन्ध निर्माण गरिरहेको बताउँदै उनले असोजदेखि पुनः निर्माणको कार्य शुरु गरिने जनाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x