×

NMB BANK
NIC ASIA

कोरोनाले थला पारेको अर्थतन्त्रलाई उकास्दै चीन, उत्पादन क्षेत्र बलियो

साउन २०, २०७७

NTC
Premier Steels

चीनमा एक निजी बिजनेस सर्भेको परिणाम हेर्ने हो भने कोरोनाभाइरस महामारीबाट चीनको उत्पादन क्षेत्र उक्सिरहेको पाइएको छ । सन् २०११ को जनवरी महिनादेखि यो सबभन्दा बलियो विस्तार हो । 
 

Muktinath Bank

काइसिन/मार्किट म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्सले देशको उत्पादन क्षेत्रको स्वतन्त्र विश्लेषण गर्ने गरकेो छ । त्यसमा सूचकांक ५१.२ बाट बढेर ५२.८ पुगेको पाइयो । ५० भन्दा माथिको अंकले वृद्धि नै देखाउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार जारी गरिएको आँकडा रोयटर्सले सर्वेक्षण गरेका विश्लेषकहरूले भनेको भन्दा १.३ अंक बढी हो । 


Advertisment
Nabil box
Kumari

चीनको राष्ट्रिय तथ्यांक विभागले अघिल्लो साता जारी गरेको आधिकारिक पीएमआईसँग यो निजी सर्वेक्षण आँकडा मिल्न आउँछ । एजेन्सीका अनुसार, सूचकांक जुन महिनामा ५०.९ बाट बढेर जुलाई महिनामा ५१.१ पुगेको थियो । 
 

Vianet communication

काइसिन म्यानुफ्याक्चरिङ पीएमआईले साना तथा निजी कम्पनीहरूमा जोड दिने गरेको छ भने सरकारी तथ्यांक विभागले ठूला र राज्यसँग जोडिएका उद्योगको प्रदर्शनलाई हेर्ने गरेको छ । 
 

काइसिन इन्साइट ग्रूपका अर्थशास्त्रीहरूले यी परिणामले आर्थिक पुनरुत्थानलाई प्रतिबिम्बित गर्ने बताए । क्षेत्रीय स्तरमा कोरोनाभाइरस संक्रमण देखिए पनि यसले सुधारको ट्रेन्डमा असर नपरेको उनीहरूको भनाइ छ । 

आपूर्ति र माग दुवै पक्षमा सुधार आएको छ र सान्दर्भिक इन्डिकेटरहरू बलियो बनिरहेका छन् । तर हामीले रोजगारी तथा विदेशमा मागमा रहेको कमजोरीलाई अझै पनि ध्यान दिनुपर्ने हुन्छ,’ काइसिन इन्साइट ग्रूपका वरिष्ठ अर्थशास्त्री वाङ झेले बताए । 
 

विश्लेषकहरूका अनुसार, कोरोनाभाइरस स्टिमुलस प्याकेजले चीनको आर्थिक पुनरुत्थानमा सहयोग गरेको हो । देशको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले बढेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x