×

NMB BANK
NIC ASIA

सडक कर उठाउने ढाट हटाउने तयारी

साउन २१, २०७७

NTC
फाइल फोटो
Premier Steels

सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ ।

Muktinath Bank

सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी शुरू गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक उपभोग दस्तुर संकलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले शुरू गरेको छ । सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

अहिले मुलुकका केही राजमार्गका विभिन्न ८ ठाउँमा ढाट लगाएर सडक दस्तुर संकलन हुँदै आएको छ । सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले विना झन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिए ।

Vianet communication

उनले भने, ‘पूर्णरूपमा स्वचालित हुने यो प्रणालीमार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’ अहिलेसम्म संकलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उनले बताए । विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौं लाइनमा लाग्नु पर्दैन ।

‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’ कार्यकारी निर्देशक बस्नेतले भने । सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सडक उपभोग दस्तुरबापत ३५ करोड ४० लाख ७६ हजार ८१९ रुपैयाँ संकलन भएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा नौबिसे–मुग्लिन सडक खण्डमा १५ करोड ५२ लाख ५१ हजार ४६ रुपैयाँ, हेटौंडा–नारायणगढ सडक खण्डमा ९ करोड ३ लाख ७७ हजार १५० रुपैयाँ, नारायणगढ–बुटवल सडक खण्डमा ४ करोड ६७ लाख, भैरहवा–भुहमी सडकखण्डमा ७४ लाख ३४ हजार चार सय रुपैयाँ संकलन भएको थियो । त्यसैगरी खुर्कोट–सिन्धुली–बर्दिबास सडकखण्डमा २ करोड १५ लाख ६१ हजार ८०३, धुलिखेल–खुर्कोट–सिन्धुली सडकखण्डमा दुई करोड ७४ लाख ५० हजार ८७५ र पाँचखाल–मेलम्ची सडक खण्डमा ५२ लाख ९८ हजार ४४५ रुपैयाँ संकलन भएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x