लकडाउनमा एक चौथाइ कर्मचारी कटौती, १८.२ प्रतिशतले तलब काटियो

लकडाउनको अवधिमा एक चौथाइ कर्मचारी कटौती गरिएको पाइएको छ।


नेपाल राष्ट्र बैंकले गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’अनुसार लकडाउन अवधिमा सर्वेक्षणमा संलग्न ३९ प्रतिशत उद्योग-व्यवसाय पूर्ण वा आंशिक रुपमा सञ्चालनमा रहेका र ६१ प्रतिशत उद्योग-व्यवसायहरु पूर्णरुपमा बन्द रहेका पाइयो।


Advertisement

‘यसबीचमा सर्वेक्षणमा संलग्न उद्योग÷व्यवसायले झण्डै २२.५ प्रतिशत  कर्मचारी-कामदार कटौती गरेको पाइएको छ। यसरी कटौती हुने मध्ये अस्थायी÷करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ। 

सो अवधिमा घरेलु उद्योग र लघु उद्यम-साना खुद्रा व्यापाले अन्यको तुलनामा धेरै कर्मचारी-कामदार कटौती गरेको पाइएको छ।


Advertisement

 तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्। यस्तै, ठूला उद्योग-व्यवसायहरुले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको छ।

सोही अवधिमा उद्योग/व्यवसायले औसतमा १८.२ प्रतिशतले तलब कटौती गरेको पाइएको छ । बन्दाबन्दी अवधिमा ९६.७ प्रतिशत उद्योग/व्यवसायको उत्पादन/कारोबार ७३.८० प्रतिशतले घटेको पाइएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्