वाणी कपूर नयाँ फिल्ममा आयुष्मान खुरानासँग देखिने

पोहोर सालको सुपरहिट बलिउड फिल्म वारमा खेलेकी वाणी कपूरले आयुष्मान खुरानासँग नयाँ फिल्म खेल्ने भएकी छन् । 

अभिषेक कपूरले निर्देशन गरेको फिल्मको प्रगतिशील प्रेमकथा हुनेछ । 


Advertisement

आयुष्मान र वाणीले सँगै खेलेको यो पहिलो फिल्म हो । उनले उत्साहित हुँदै भनिन्, ‘आयुष्मान हाम्रो पुस्ताका सबभन्दा प्रतिभाशाली अभिनेता हुन् । हाम्रो पहिलो फिल्म सुन्दर प्रेमकथा भएकाले यसमा काम गर्न म उत्साहित छु ।’

उनले थपिन्, ‘म अभिषेक कपूरसँग काम गर्न चाहन्थें । उनका फिल्मले मलाई प्रेरित गर्छन् । उनको भिजनको एक अंग बन्न पाउनु मेरा लागि रमाइलो अवसर हो ।’ 


Advertisement

वाणी अक्षय कुमारसँग बेलबटम फिल्ममा पनि देखिनेछिन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्