×

NMB BANK
NIC ASIA

कोरोना कहर : भारतमा रोजगारी गुमेपछि गुजारा मुस्किल

साउन २६, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

भारतको केरलामा दीपेन्द्र ऐडीका हजुरबुबाले चौकीदारी गरेका थिए । हजुरबुबा बितेपछि त्यही काम बुबाले सम्हाले । ६० वर्ष पुगेका बुबा थला परेपछि ड्युटी सम्हाल्न गत मंसिरमा दीपेन्द्र श्रीमती र छोरीसहित केरला गएका थिए । बझाङको बुंगल नगरपालिका–६ डिन्नुका ऐडीको तीन पुस्तादेखि भारतमा गर्दै आएको रोजगारी कोरोनाका कारण गुमेको छ । अहिले उनी परिवारसहित गाउँ फर्केका छन् ।

Muktinath Bank

राति चौकीदारी र दिउँसो होटलमा काम गरेर मासिक सरदर १८ हजार भारु घर पठाउँथे उनी । त्यो पैसाले भाइको पढाइ, बुबालाई ओखती र घरका अन्य ६ जनाको गुजारा चलाउन जेनतेन पुगेको थियो । १२ कक्षा पढेपछि बुबाले गर्दै आएको चौकीदारी थाम्न भारत पुगेका उनी भाइको पढाइ सकिएपछि मात्र घर फर्कने सोचाइमा थिए । कोरोना कहरले रोजगारी गुमेपछि उनको योजना भताभुंग भएको छ । ‘अब जहान परिवार कसरी पाल्ने भन्ने चिन्ता छ । भाइलाई पढाउन त सम्भव नै छैन,’ उनले भने ‘महिनाको साढे तीन हजार शुल्क लाग्छ । डेरा भाडा र खाना गर्दा महिनामा आठ हजारजति पुग्छ । यत्रो पैसा कहाँबाट पुर्‍याउनु ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डोटीको पूर्वीचौकी गाउँपालिकाका तुलाराम बीसीको परिवार भारतको मुम्बईमा बस्न थालेको १२ वर्ष भएको थियो । कोरोना कहरसँगै उनको पनि चौकीदारीको रोजगारी गुम्यो । दुई महिनाअघि उनी परिवारसहित स्वदेश फर्केका हुन् । छोराछोरीको पढाइ अलपत्र परेको र अर्कोतिर आम्दानीको स्रोत नहुँदा रनभुल्ल परेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

अछामको साँफेबगर नगरपालिका–१३ बाब्ला घर भएका कृष्ण साउँ श्रीमतीसहित पाँच वर्षदेखि दिल्लीको साकेतमा चौकीदारी काम गर्थे । राति चौकीदारीबाहेक बिहान गाडी सफा गरेर अतिरिक्त कमाइ गर्दै आएका थिए । दुवै कामबाट मासिक २० हजार रुपैयाँ कमाइ हुन्थ्यो । उनी रोजगारी गुमाएर गत असारमा घर फर्केका छन् । ‘फर्केपछि त हातमुख जोर्नै आपत् हुन थालेको छ,’ उनले भने ।

Vianet communication

बाजुराको सिंगाडा घर भएका पुरन बुढा १५ वर्षदेखि दिल्लीको साहदरामा होटलमा कुकको काम गर्थे । कमाइ मासिक १५ हजार भारु थियो । मासिक १० हजार घरमा पठाउँथे । लकडाउनमा फसेर खान बस्न समस्या भयो । केही उपाय नलागेपछि आफन्तबाट सापटी गरेर घर आए । ‘इन्डियाको रोजगारी छाडेर आइयो । आठ जनाको परिवार अब कसरी पालुँ भन्ने समस्याले पिरोलेको छ,’ उनले भने, ‘खानै नपाएर मरिन्छ जस्तो छ ।’

लामो समय रोजगारीका लागि भारत पसेकाहरूले घर फिरेर स्थानीयस्तरमा रोजगारीका अवसर देखेका छैनन् । न आफ्नो जग्गा, जमिन छ न त कृषि कर्म गर्ने बानी नै छ । गुजाराको मेलो पहिल्याउन नसकेकाहरू गाउँबस्तीमा ​टोलाएर बसेका भेटिन्छन् ।

मजदुरी छुट्दा जहान भोकै
बाजुराको साप्पाटा मुक्तिकोटका राजे विक गत वर्षको मंसिरमा गढवाल गएका थिए । त्यहाँ ढुंगा फुटाउने र बोक्ने काम गर्थे । उनीलगायत १७ जनाको रोजगारी गुम्यो । ‘लामो समय लकडाउनमा फसेपछि वैशाखमा गाउँ पुगें । १० दिन क्वारेन्टाइनमा बसेर घर पुग्दा जहान, बालबच्चाको बिचल्ली थियो । घरमा खानेकुरा थिएन । किनेर ल्याउन पैसा पनि थिएन,’ उनले भने ।

बझाङकै थलारा गाउँपालिकामा मात्रै लकडाउन सुरु भएयता तीन हजार जनाभन्दा बढी भारतबाट घर फर्किसकेका छन् । प्रदेश सरकारको चालु वर्षको नीति तथा कार्यक्रममा रोजगार गुमाएकालाई कृषि कार्य गर्न बिनाधितो कर्जा उपलब्ध गराउने योजना राखेको थियो । तर त्यसका लागि बजेटमा ठोस आधार नभएको प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् ।

सुदूरपश्चिम कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीका अनुसार सुदूरपश्चिमका ९ मध्ये ५ जिल्ला बाजुरा, बझाङ, दार्चुला, अछाम र बैतडी बर्सेनि खाद्यान्न अभाव हुने जिल्ला हुन् । समग्रमा सुदूरपश्चिमलाई आवश्यक खाद्यान्न ५ लाख ५० हजार ३ सय ७२ मे.टन हो भने उत्पादन ६ लाख ९७ हजार १ सय ५ मे. टन रहेको निर्देशनालयको तथ्यांक छ । ‘कैलाली र कञ्चलनपुरबाहेक अरू जिल्लालाई आन्तरिक उत्पादनले पुग्दैन,’ उनले भने ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई वर्षअघि गरेको अध्ययनले रोजगारीका लागि भारतमा ६ महिनाभन्दा बढी समयका लागि जानेको संख्या बर्सेनि २ लाख ६ हजार रहेको देखाएको थियो । मुम्बईमा काम गर्दै आएका सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष भुवनप्रसाद भट्ट भारतका विभिन्न सहरमा १० लाखको हाराहारीमा सुदूरपश्चिमेलीहरू कार्यरत रहेको बताउँछन् । तीमध्ये तीन लाख हाराहारी रोजगारी गुमेपछि अहिले स्वदेश फर्किएको उनको भनाइ छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कोरोना कहर सुरु भएयता असारसम्ममा फर्किएका सुदूरपश्चिमेलीको संख्या २ लाख ३७ हजार ४ सय ९० जना छ । कान्तिपुर दैनिकमा अर्जुन शाह र वसन्तप्रताप सिंहले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x