भदौ १५ सम्म हवाई उडान र लामो दूरीको यातायात नखाेल्ने मन्त्रिपरिषद्काे निर्णय

सरकार हवाई उडान र लामाे दूरीकाे सार्वजनिक यातायात भदाै १ गतेदेखि खाेल्ने पूर्ववर्ति निर्णयबाट पछि हटेकाे छ।

मन्त्रिपरिदकाे साेमबार साँझकाे बैठकले आन्तरिक तथा बाह्य हवाई उडान,लामाे दूरीका सार्वजिक यातायात र विद्यालय भर्ना भदाै १५ गतेसम्म नखाेल्ने निर्णय गरेकाे हाे।


Advertisement

यसअघि साउन ५ गतेकाे मन्त्रिपरिषद्काे बैठकले ६ गते मध्यरातिबाट लकडाउन अन्त्य गरेकामा हवाई उडान र लामाे दूरीकाे यातायात भदाै १ गतेबाट खाेल्ने निर्णय गरेकाे थियाे।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा याे निर्णय गरेकाे हाे।​


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्