×

NMB BANK
NIC ASIA

कोरोना उपचार : २० प्रतिशत बेड छुट्याउनुपर्ने

साउन २७, २०७७

NTC
Premier Steels

सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउने व्यवस्था गरेको हो ।

Muktinath Bank

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २० प्रतिशत बेड छुट्याएर हब अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन निर्देशन दिइएको जानकारी दिनुभयो । कोरोना उपचारका लागि तोकिएका अस्पताल हब हुन् भने अन्य अस्पताल स्याटेलाइट हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यका लगायत देशभर पुनः कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले हब र स्याटेलाइट अस्पतालका बिरामीलाई हब अस्पतालले व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

थपिए ३३८ सङ्क्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप ३३८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना देखिएको छ । प्रा. गौतमले काठमाडौँ ३६ जना, ललितपुरमा चार र भक्तपुरमा चार जनामा कोरोना पुष्टि भएको बताए । उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँका १२ र ललितपुरका एक जनामा सङ्क्रमण देखिएको बताए । यस्तै टेकु अस्पताल प्रयोगशालामा काठमाडौँका छ जनामा कोरोना देखिएको छ । नेपाल प्रहरी अस्पतालमा काठमाडौँका आठ जना, ललितपुर र भक्तपुरका एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।

Vianet communication

डा. गौतमले स्टार अस्पताल सानेपा प्रयोगशालामा काठमाडौँका आठ जना, ललितपुरका दुई जना र भक्तपुरका तीन जनामा कोरोना देखिएको बताए । विधि प्रयोगशाला र ह्याम्स अस्पताल प्रयोगशालामा एक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३७ वटा प्रयोगशालामा आठ हजार ४३२ जना व्यक्तिको पीसीआरबाट परीक्षण गर्दा ३३८ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ ।

निको भए १६ हजार सङ्क्रमित
प्रवक्ता गौतमले सोमबार १४० जना उपचारपछि निको भएर डिस्चार्ज भएको जानकारी दिँदै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ४९३ पुगेको बताए । उहाँले हालसम्म चारवटा जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित रहेको बताए। यस्तै सङ्क्रमित शून्य भएका जिल्ला छवटा र देशभरका क्वारेनटाइनमा १० हजार ७५९ जना रहेको जनाइएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका दुई जनासहित थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x