×

NMB BANK
NIC ASIA

कोरोनाका कारण धनी मुलुक सिंगापुर भयो बेहाल

साउन २७, २०७७

NTC
Premier Steels

कोरोना महामारीले व्यापारमा आश्रित एसियाका विभिन्न अर्थतन्त्रलाई हानि पुर्‍याएको छ । 

Muktinath Bank

एसियाको धनी मुलुक सिंगापुरमा दोस्रो त्रैमासिकमा मन्दीको आकलन गरिएको भए पनि खासमा त्यसको असर त्यसभन्दा बढी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ ले सिंगापुर नराम्ररी प्रभावित भयो र भाइरस फैलिनबाट रोक्नका लागि लकडाउन लगाइयो । दोस्रो त्रैमासिकमा लगभग पूरा समय लकडाउन लगाइयो । 


Advertisment
Nabil box
Kumari

व्यापार तथा उद्योगका स्थायी सचिव ग्याब्रियल लिमले पत्रकार ब्रीफिङमा भने, ‘आगामी त्रैमासिकमा कोरोनाभाइरसको संक्रमणको स्थिति के होला भन्ने स्पष्ट छैन । घरेलु तथा विश्वव्यापी अर्थतन्त्रमा सुधारका लागि के गर्ने भन्ने विषयमा अनिश्चितता कायम छ ।’

Vianet communication

उनले भने, ‘मे महिनापछि सिंगापुरको अर्थतन्त्र कमजोर भएको छ ।’

कुल गार्हस्थ्य उत्पादनमा दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा १३.२ प्रतिशत गिरावट देखिएको छ । 

विगत तीन महिनामा वार्षिक तथा सीजनल स्थितिको समायोजन गरिएको आधार हेर्दा अर्थतन्त्र ४२.९ प्रतिशतले ओरालो लागेको देखिन्छ । त्यो पनि एउटा कीर्तिमान नै हो । 

सरकारले वर्षभरिको जीडीपी ५ र ७ प्रतिशतको बीचमा हुने आशा गरेको छ । पारवहन र पर्यटनको केन्द्र मानिने सिंगापुर अहिले इतिहासको सबभन्दा खराब चरणबाट गुज्रिरहेको छ । 
 

मेयबैंकका अर्थशास्त्री शुआ हक बिनले भने, ‘दोस्रो त्रैमासिकमा गिरावट र वर्षभरिको जीडीपी वृद्धि सुस्त हुनुले आर्थिक सुधार कमजोर रहेको इशारा गरेको छ ।’

लकडाउनबाट राहत पाएपनि सीमामा कडा प्रतिबन्ध, सामाजिक दूरीको नियम र विदेशी कामदारको कमीका कारण अर्थतन्त्रलाई गति दिन सहज छैन, उनी भन्छन् । 

सिंगापुरको राष्ट्र बैंकले मार्च महिनामा मौद्रिक नीतिमा थोरबहुत राहत दिएको थियो । सरकारले पनि महामारीको प्रभाव न्युनीकरणका लागि १०० अर्ब सिंगापुर डलर बराबरको राहत प्याकेज जारी गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x