कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
गोपी अधिकारी बिहानै वीरेन्द्रनगरका गल्लीमा, कच्ची सडकमा, हिलाम्मे सडकमा यात्रा गर्छन् । उनी पहिले पनि यसरी नै यात्रा गर्थे तर अहिले भने फरक यति हो उनी साइकलमा यात्रा गर्दै आइरहेका छन् । हरेक दिन बिहान साइकल यात्रा गर्दा स्वास्थ्य पनि बलियो हुन र त्यसले मानसिक र शारीरिक तन्दुरुस्ती पनि कायम गराउने उनको अनुभव छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य गोविन्द केसीको विहानी पनि त्यसरी नै बित्छ । पानी परेको दिन भने उनी बाहिर निस्कदैनन् । पानी नपरेको बिहान उनको यात्रा साइकलमा नै हुन्छ । उनीसँगै पत्रकार तिलक पौडेल पनि साइकलमा नै यात्रा गर्छन् । साइकल यात्रा गर्दा धेरै मनोरञ्जन प्राप्त हुने उनको निष्कर्ष छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालको पनि बिहानभति साइकल यात्रा नै हुन्छ । साइकल चलाउन थालेपछि उनमा स्फूर्ति आएको लोकान्तरसँग बताउँछन् । साइकल यात्रामा निस्कने अधिकांश सरकारी कर्मचारी र पत्रकार छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्याय साइकलमै दैनिक २० किलोमिटर जतिको यात्रा गर्ने गरेको बताउँछन् । साइकल यात्रा गर्दा र पैदल हिँडदाको अनुभुति बेग्लै हुने उनको ठम्याइ छ ।
कर्णालीको राजधानी वीरेन्द्रनगरमा सडक साँघुरा छन् । ती सडकमा सवारी साधनको चाप दैनिक रुपमा बढदै गएको छ । यसले गर्दा यहाँ वायुप्रदुषण बढ्ने पक्का छ भन्छन्, क्लिन सुर्खेत ग्रीन सुर्खेतका अभियन्ता एवम बालरोग विशेषज्ञ डा. नवराज केसी ।
बिहानमात्र नभएर दिनभरि नै यात्रा गर्दा साइकल यात्रा गर्नुपर्ने सुझाव डा. केसीको छ । ‘सानो दूरीको यात्रा गर्न पेट्रोलबाट धेरै प्रदुषण बढ्ने गरेको छ । इलेक्ट्रिक कारमा हुने लिथियम ब्याट्री बनाउँदा आवश्यक पर्ने खानीको उत्खननले धेरै देशको नदी सुकेका छन् । उदाहरणका लागि अर्जेन्टिनाको नदी सुकेको छ खासगरी अफ्रिकन देशमा यस्ता समस्या देखिएका छन् । इलेक्ट्रिक कारले पनि वातावरणलाई प्रभाव पार्ने देखिएको छ ।’
उनी भन्छन्, ‘पर्यावरणीय हिसाबमा असाध्यै राम्रो, अन्य सवारी साधनभन्दा सबैभन्दा सस्तो साइकल नै छ । निम्न आयश्रोत भएको व्यक्तिकोलागि यो उपयुक्त छ ।’
दैनिक रुपमा साइकल चलाउनेहरुका लागि रोगसँग लड्न बल पुर्याउने उनको भनाइ छ । ‘दीर्घ रोग, दमरोगी, सुगर, हाइपरटेन्सन, ब्लड प्रेसर, तौल धेरै हुनेलगायतका धेरै रोगका लागि औषधी भन्दा साइक्लिङ राम्रो हो,’ उनले भने, ‘दैनिक रुपमा कम्तिमा पाँच किलोमिटर साइकल स्याँ स्याँ नभएर चलाउन सकियो भने फोक्सोमा त्यति धेरै समस्या आउँदैन । फोक्सोमा क्षमता बढि हुने हुँदा कोरोनाबाट जोगाउन सक्छ । अर्थात कोरोनाको असर कमगर्न र जोगिन साइकल चलाउन अत्यन्त आवश्यक छ ।’
उनले साइकल मनोरञ्जनको साधन भएको र खेलका लागि पनि उत्कृष्ट रहेको बताए । ‘साइकल म चलाउँछु भन्दा पनि साइकललाई हरेक विद्यार्थीको स्कुले जीवनदेखि नै साइकल चलाऔं भन्ने अभियान सुरु गर्नुपर्ने देखेको छु,’ उनी भन्छन्, ‘वीरेन्द्रनगरमा बिहान ९ देखि १० बजे र बेलुका ४ देखि ५ बजे वीरेन्द्रनगरले एम्बुलेन्स, तथा अत्यावश्यक वाहन बाहेक सञ्चालनमा रोक लगाउन आवश्यक छ । यसले साइकलक प्रयोगमा सबैको ध्यान जाने र विद्यार्थी तथा कर्मचारीहरुसमेतको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने मैले देखेको छु ।’
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...