×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७ इत्राम सरकारी अधिकारी बस्ने महत्त्वपूर्ण क्षेत्र हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको निवास यही क्षेत्रमा पर्दछ ।

Muktinath Bank

जिल्ला समन्वय समितिका प्रमुख छवि सिग्देल, प्रदेश सरकारका प्रमुख सचिव, जिल्ला समन्वय अधिकारी, विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारीहरुको बसोबास गर्ने प्रमुख स्थान हो इत्राम ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्रै होइन प्रदेशसभा पनि इत्राममै छ । प्रदेश प्रहरी कार्यालयको मुख्यालयदेखि जिल्ला समन्वय समिति, क्याम्पस शिक्षा सुर्खेत, नेपाल विद्युत प्राधिकरण सुर्खेत, सुर्खेत कारागारलगायतका सरकारी संरचनाका क्वार्टरहरू समेत यही स्थानमा पर्ने गर्दछन् ।


Advertisment
Nabil box
Kumari

राजधानीकै विशिष्ट व्यक्ति बस्दै आइरहेको यो इत्रामको अवस्था सबैभन्दा राम्रो हुनुपर्ने हो । सुरक्षाका दृष्टिले, सरसफाईका दृष्टिले तर, त्यस्तो छैन । प्रदेश राजधानीसमेत रहेको सुर्खेतको यो भीआइपी इलाका अहिले फोहोरको अड्डा बनेको छ ।

Vianet communication

वीरेन्द्रनगरपालिकाले हरेक दिन बजार क्षेत्रमा फोहोर संकलन गर्ने गरेपनि यो क्षेत्रमा फोहोर जलाउने गरिएको छ । सरकारी क्वार्टरका अगाडि फोहोर थुप्रिएको छ । कुहिएको भात, प्लाष्टिकहरु छरिएका छन् ।

‘म यहाँ बस्दै आएको चार वर्ष भन्दा बढी भइसकेको छ । फोहोर संकलन गर्नको लागि कहिल्यै ट्याक्टर आएन,’ सरकारी निवासमा बस्दै आइरहेकी अस्मिता शाही भन्छिन्, ‘कम्तिमा यति विशिष्ट क्षेत्रमा त फोहोर संकलन गर्न आउनुपर्थ्यो नि ! बरु हामी प्रतिघर मासिक जति दिनु पर्ने हो दिन तयार छौं ।’

आफू कर्मचारी भएका कारण फोहोर बोकेर टाढा जान नसकिने तर नगरपालिकाले ट्याक्टर नै नपठाउँदा फोहोर जलाउनुको विकल्प नभएको उनको भनाइ छ ।

‘सरकारका मन्त्रीहरुको निवास अगाडी हेर्न जानुभयो भने त्यहाँ पनि फोहोर जलाइएको पाउनुहुन्छ,’ स्थानीय कमल थापा भन्छिन्, ‘मन्त्री नै फोहोर जलाउँछन् भने हामी के गर्नु ?’

कम्तिमा फोहोर संकलनका लागि नगरपालिकाले हरेक दिन नसकेपनि सातामा एक दिन सरकारी निवास क्षेत्रमा ट्याक्टर पठाउनु पर्ने उनको माग छ ।

नगरपालिकाले फोहोर संकलन कार्यविधि बनाई कार्यान्वयन गरिरहेको छ । प्रति घर ३० रुपैयाँदेखि माथिको दर रेट असुल गर्दै आइरहेको छ तर सरकारी निवास क्षेत्रमा भने नगरपालिका अहिलेसम्म पस्न सकेको छैन ।

‘या त नगरपालिका सरकारी संयन्त्रसँग पैसा असुल्न डराएको हो या त नटेरेको हो,’ सिंचाई डिभिजन कार्यालयको भवनमा बस्दै आइरहेका एक कर्मचारी भन्छन्, ‘महिनाको पचास, सय त कसले दिन सक्दैन र ? फोहोर भएका कारण लामखुट्टेको बिगबिगी छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x