कोरोना कालमा भारतमा एक करोड ८९ लाखले रोजगारी गुमाएका छन्।
सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई) का अनुसार जुलाईमा मात्र करीब ५० लाख वेतनभोगीले रोजगारी गुमाएका हुन्। अप्रिलदेखि हालसम्म एक करोड ८९ लाखले रोजगारी गुमाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
सीएमआईईको तथ्यांक अनुसार अप्रिलमा मात्र एक करोड ७७ लाखले रोजगारी गुमाएका हुन्। मे महिनामा भने एक लाखले रोजगारी गुमाए।
यद्यपि, जुन महिनामा ३० लाखले रोजगारी पाएका छन् तर जुलाईमा फेरि ५० लाखले रोजगारी गुमाए। भारतमा लकडाउन घोषणा भएपछि वेतनभोगी कर्मचारी झनै समस्यामा परेको रिपोर्टमा उल्लेख छ।
असंगठित क्षेत्रमा रोजगारीको स्थिति झन नाजुक बनेको छ।
एजेन्सी