×

NMB BANK
NIC ASIA

कोरोना प्रभावले व्यापार चौपट, व्यवसायी द्विविधामा

भदौ ६, २०७७

NTC
Premier Steels

पसलअघि हुलका हुल पर्यटक ओहोरदोहोर गर्थे । सिजनको बेलामा त थामिनसक्नु हुन्थ्यो । अहिले एउटा पर्यटक पनि मुस्किलले देखिन्छन् । सडक सुनसान छ । बजार पूरै शून्य छ ।

Muktinath Bank

पोखराको फेवाताल किनार, लेकसाइड । नेपालकै प्रमुख पर्यटकीयस्थल । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रभाव ६ महिनादेखि यहाँ नराम्ररी परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनको वुहान हुँदै नेपालमा गत वर्ष माघ ९ गते देखापरेको कोरोना भाइरस प्रभाव अझै रोकिएको छैन । सरकारले महामारी न्यूनीकरणका लागि १२० दिने लकडाउन समेत गर्‍यो । लकडाउन हटाएपछि झन् बल्झिएको छ । त्यसैले पोखराका व्यवसायी चिन्तामा छन् । 


Advertisment
Nabil box
Kumari

तीमध्ये एक हुन् – आउटफिट ह्यान्डिक्राफ्ट स्टोरकी सञ्चालक अनिता ढकाल । पोखरा महानगरपालिका–६ लेकसाइड अम्बोटस्थित उनको पसल २२ वर्ष पुरानो हो । उनले विशेषगरी विदेशी पर्यटक लक्षित सामान बेच्छिन् । तर अचेल ग्राहकसँग सम्बन्ध टुटेको छ । त्यसैले उनको आँखामा पहिलेको मीठो दृश्य बरोबर नाच्छ ।

Vianet communication

ढकालले लोकान्तरसँग विगत स्मरण गरिन् । भनिन्, ‘पहिले–पहिले सिजनको बेलामा विदेशी पर्यटकको लर्को लाग्थ्यो । कारोबार पनि उस्तै हुन्थ्यो । एकैदिनमा २ लाखको कारोबार पनि भयो । अहिले २०० हुँदैन ।’

अनिताको घर धादिङको नीलकण्ठ नगरपालिकाको पौवामा हो । परिवारमा पति र २ छोरा छन् । चैत ११ गते लकडाउन शुरू भएपछि केही महिना ढकाल परिवार पसल ‘लक’ गरी गाउँ फर्कियो । ४ महिनापछि गत साउन ७ गते लकडाउन खुल्यो । खासै कारोबार नहुने देखेपछि पति सुशील ढकालले अनितालाई पोखरा फर्किन सल्लाह दिए । उनी १४ र ८ वर्षका २ छोरा च्यापेर पोखरा फर्किन् । किनकि मदरल्यान्ड बोर्डिङमा ८ कक्षामा पढ्ने ठूलो छोराको अनलाइन कक्षा छुटिरहेको थियो । कान्छो मन्टेश्वरी पढ्थे । अब स्कूल सारेर १ कक्षामा भर्ना गर्नुपर्ने छ ।

४ महिना गाउँ बसेर शहर फर्केकी अनिताले पोखरा आएको भोलिपल्ट पसल खोलिन् । पसलको कुनाकानी माकुराको जालो लागिसकेको रहेछ । पसलका सामान पनि मैलो बनिसकेका थिए । उनले सबैतिर सरसफाइ गरिन्, धूपबत्ती बालिन् । पहिलो दिन पसल खोल्ने काम मात्र भयो । १ रुपैयाँ पनि कारोबार भएन । पसलमा कोही छिर्दै छिरेनन् । 

उनका अनुसार पसलमा करीब ४०–५० लाखको लगानी छ । मासिक ४० हजार रुपैयाँ घरभाडा तिर्नुपर्छ । ६ महिनायता कारोबार ठप्प भइसक्दा पनि भाडा खप्टिएको खप्टियै छ । झण्डै साढे २ लाख रुपैयाँ भइसकेछ । घरधनी डम्मरबहादुर गुरुङले केही छुट दिने भनेका रहेछन् । केही राहत मिल्यो ।

उनले भनिन्, ‘खै ! कहिलेसम्म यस्तो हुने हो । दशैंसम्म हेरौं, के हुन्छ ? कति धेरैले पसल छोडिसकेको सुनिएको छ । हामी पनि द्विविधामै छौं । उहाँ (पति) ले पनि यस्तै रही रहे विकल्प खोज्ने भन्नुभएको छ ।’ 

उनले अगाडि भनिन् , ‘छोराको अनलाइन कक्षाको लागि मात्रै भए पनि फर्केकी हुँ । विदेशी पर्यटक नभएपछि कारोबार हुँदैन । लोकलले त्यति किन्दैनन् । कुनै दिन हुँदै हुँदैन । कहिले २०० रुपैयाँ कारोबार समेत नहुने भएकाले पसल खोल्नु मात्रै हो ।’ पतिले २२ वर्षदेखि पसल चलाउँदै आएका हुन् । अनिता पनि बिहेपछि १६ वर्षदेखि साथै छिन् । उनका अनुसार पसलमा टिसर्ट, ज्याकेटहरू पाइन्छन् । ढकाल दम्पतीको पनि शेयर रहेको नाइस नेपाल कम्पनीले लेकसाइडमै टिसर्ट उत्पादन गर्दछ । त्यही उत्पादित केही टिसर्टहरू पनि यहाँ बिक्री–वितरण हुने गरेको उनले बताइन् । कोरोना प्रभावले कम्पनी पनि बन्द छ । 

लेकसाइडमा उनको मात्र हैन, अधिकांश पसल बन्छ छन् । खुलेका पसलमा पनि कारोबार छैन । सरकारले बीचमा गत साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट मापदण्ड अपनाएर खोल्न सकिने जनाएपछि सीमित कर्मचारी राखेर १० प्रतिशतजसो खुले । तर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि सरकारले पुनः बन्द गरेको छ । समुदायमै पनि कोरोना संक्रमण फैलिएको अनुमान छ । पोखरामा बैंकर, सहकारीकर्मी, प्रहरी, सरकारी कर्मचारी, प्लम्बर सम्मलाई कोरोना देखिएको छ । एकपछि अर्को संक्रमित देखिन थालेपछि कास्कीमा निषेधाज्ञा जारी गरिएको छ ।

आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान बन्द भएकाले पर्यटक आउने कुरै भएन । होटल, रेस्टुरेन्ट, ट्राभल, टे«किङ, साहसिक गतिविधि, पर्यटन सवारी, पर्यटकसम्बद्ध पसल लगायत गरी पोखराको समग्र पर्यटन क्षेत्रमा ४ खर्ब लगानी रहेको पर्यटन व्यवसायी बताउँछन् । त्यसमा करीब ७५ अर्ब रुपैयाँ बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x