माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको पुरानो निर्णय मान्न सत्तारूढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली गत बिहीवार सचिवालय बैठकमा तयार भए । तर त्यसयता मन्त्रिपरिषद्को एउटा बैठक बसिसके पनि राष्ट्रिय सभामा मनोनयनका लागि वामदेवको नाम राष्ट्रपतिसमक्ष सिफारिश भएको छैन ।
त्यसो त पार्टीभित्र विवादको बीजारोपण नै गत फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने भनी गरेको निर्णयलाई ओलीले चुनौती दिएपछि शुरू भएको थियो । भदौसम्म आउँदा पार्टी विभाजनको डिलमा उभियो ।
पार्टीलाई एकढिक्का बनाएर लैजान अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को संयुक्त प्रयास र सचिवालयको अनुमोदनबाट कार्यदल बनाइयो ।
कार्यदलले १७ पृष्ठको प्रतिवेदन तयार गरेर सचिवालयमा पेश गरिसकेको छ । बिहीवार बसेको सचिवालय बैठकमा प्रतिवेदनमाथिको छलफलसँगै गौतमलाई राष्ट्रिय सभामा लैजाने पुरानो निर्णयलाई ओलीले सदर गरे ।
राष्ट्रिय सभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुने ३ सदस्यमध्ये १ को पद रिक्त रहेको अवस्था थियो । गत फागुन २० गतेदेखि रिक्त भएको उक्त सदस्यमा ओलीले युवराज खतिवडालाई नै दोहोर्याउने अडान लिए ।
खतिवडालाई नै दोहोर्याउने अडानबाट ओली पछि हटे पनि गौतमलाई मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष अझै सिफारिश गरेका छैनन् ।
संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक प्रावधानको सुविधा हासिल गरेका खतिवडाको पुनः राष्ट्रिय सभामा दोहोरिने प्रयास असफल भएपछि केही दिनअघि नै राजीनामा दिइसकेका छन् ।
नेकपामा नयाँ संशयको जन्म !
बिहीवार साँझ सचिवालय बैठक सकिएदेखि यो टिप्पणी लेख्दासम्म ओलीले मन्त्रिपरिषद्बाट गौतमलाई राष्ट्रिय सभामा लैजाने सिफारिश गर्ने निर्णय गराएका छैनन् । यहीँनेर नेकपामा पुनः अर्को संशयको जन्म भएको छ ।
फागुन १४ को पार्टीको निर्णयलाई चुनौती दिएका ओली गत बिहीवार आफैंले बोलेको बोलीमा अडिन सक्ने सम्भावनामा केही नेताहरूले प्रश्न उठाएका छन् ।
पार्टीमा वरिष्ठ नेता माधवकुमार निकट मानिने एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'प्रधानमन्त्री ओलीको भरोसा छैन । आफैंले गरेका सहमतिहरू पटक–पटक लत्याउने उहाँको स्वभावले उपाध्यक्ष गौतमलाई बलीको बोको बनाएका उदाहरणहरू प्रशस्त छन् । यसपालि पार्टीको निर्णय कार्यान्वयन नहुने कुरा त नसोचौं तर ओली कामरेडको भर मानिहाल्नु पनि उचित हुँदैन ।'
ओली र गौतमको स्वभावजन्य भिन्नता !
गौतमनिकट नेताहरूका अनुसार गौतम राजनीतिमा हतारो राख्ने नेतामध्ये पर्छन् । उनलाई छिटो निर्णय गर्न मन पर्छ भने छिटो कार्यान्वयन र त्यसको छिटो परिणाम चाहिन्छ । बिहीवारको सचिवालय बैठक बस्नुअघि ओली र गौतमबीच भएको केहीबेरको भलाकुसारीमा गौतमले 'मेरो सपथ कहिले हुन्छ ?' भनेर सोधेको बालुवाटारनिकट स्रोत दाबी गर्छ ।
तर प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली हतारमा देखिन्नन् । पार्टीभित्र आफूविरुद्ध उठेका प्रश्नहरूको सामना गर्न र विवाद मिलाउन ओलीले कहिल्यै हतारो गरेनन् । बरू 'टाइम बाइ' गरिरहे । बैठकहरू पछि धकेल्ने प्रयत्न गरिरहे । नेताहरूसँग सकेसम्म कम संवाद गर्ने कोशिश गरे ।
गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय तत्काल कार्यान्वयन गर्न अहिले पनि ओलीले हतारो गरेका छैनन् । गौतम र ओलीबीच यही स्वभावजन्य भिन्नताका कारण बेलाबेलामा अविश्वास बढ्ने गरेको हो ।
यतिबेला गौतम केही दिन पर्ख र हेरको नीतिमा रहेका देखिन्छ । गौतमनिकट स्रोतका अनुसार उनी २६ गते बस्ने भनिएको स्थायी कमिटी बैठकअघि केही बोल्न चाहँदैनन् । 'पार्टी निर्णय कार्यान्वयन नहोला भन्ने उहाँले सोच्नुभएको छैन,' स्रोतले भन्यो ।
प्रधानमन्त्रीले नै भनिसकेपछि किन संशय ?
नेकपा संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले भनिसकेपछि संशय पैदा गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । उनले सचिवालय बैठकमै प्रधानमन्त्रीले गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगेकाले यसमा द्विविधा नरहेको लोकान्तरसँगको संक्षिप्त कुराकानीका क्रममा बताए ।
'वामदेव कमरेड आफैंले म जान्न भनेको अवस्थामा बाहेक पार्टीको निर्णय कार्यान्वयनमा कुनै शंका कसैले नगरे हुन्छ,' नेम्वाङले भने, 'यो पालि उहाँ राष्ट्रिय सभामा जानुहुन्छ, ढुक्क भए हुन्छ ।'
फागुनदेखि अहिलेसम्म कार्यान्वयन नभएको निर्णय अब कार्यान्वयन हुन्छ भन्ने आधार के हो त भन्ने प्रश्नमा नेम्वाङले भने, 'त्यतिबेला परिस्थिति फरक थियो । वामदेव कमरेडसमेत रहेको अर्को बैठकले प्रतिनिधि सभामा जाने निर्णय पनि गरेको थियो नि त ! यसपटक अध्यक्ष केपी ओलीले उहाँलाई लैजाने भनेर घोषणा गर्नुभएको छ, उहाँ राष्ट्रिय सभामा जानुहुन्छ ।'
ओलीमाथि गौतमका गुनैगुन !
उपाध्यक्ष गौतमसँग लामो समयदेखि सँगै सहकार्य गर्दै आएका नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटाले गौतमकै कारण ओलीले तत्कालीन नेकपा एमालेको अध्यक्ष जितेको स्मरण गरे । 'त्यतिबेला वामदेव गौतमले सहयोग नगर्नुभएको भए ओली पार्टीको अध्यक्ष हुनु हुँदैनथ्यो । अहिले परिस्थिति अर्कै बन्थ्यो,' बास्कोटाले दाबी गरे ।
उनले पार्टी एकीकरण भएपश्चात गरिएको सातौं महाधिवेशनमा पूर्व मालेका कतिपय नेताहरूको अपेक्षाविपरीत गौतमले ओलीलाई नै साथ दिएको बताए ।
'एमालेको संसदीय दलको नेता बन्न पनि वामदेवले नै सहयोग गर्नुभएको हो,' बास्कोटाले भने, 'दुई नेताबीच भएका सहमतिहरूमा वामदेव गौतम इमान्दार रहनुभयो भने ओली त्यसमा टिक्न नसकेको साँचो हो । अहिले पछिल्लो समयमा वामदेवको ६ बुँदे प्रस्तावकै कारण ओलीको सत्ता जोगिएको पनि सही हो । यस्तो अवस्थामा अझै पनि दम्भ देखाएर अघि बढ्न खोज्ने हो भने पार्टी अघि कसरी बढ्छ, त्यो उहाँले सोच्ने कुरा हो ।'
बास्कोटाले पार्टी निर्णय कार्यान्वयन नगर्ने, दम्भ र अहंकार पाल्ने र नेपोलियन बोनापार्टको जस्तो शैली अपनाउने हो भने पार्टी चल्न नसक्ने टिप्पणी गरे ।
वामदेवमा महत्वाकांक्षा भरिदिने काम अध्यक्षद्वयकै
नेकपाका अर्का स्थायी कमिटी सदस्य भन्छन् - 'वामदेव कमरेडलाई चुनाव हारिसकेपछि तपाईं नआत्तिनुस्, ५ वर्षसम्म पार्टीको काम गर्नुस् र त्यसपछि पुनः जितेर देश चलाउने ठाउँमा आउनुहोला भनेर आडभरोसा दिने काम भएन । उहाँलाई दुवै अध्यक्षले पालैपालो तपाईं नभई हुँदैन भन्न थाल्नुभयो । त्यसपछि वामदेवमा सत्ताको महत्त्वाकांक्षा जाग्न शुरू भएको हो ।'
उनले ओली र प्रचण्ड दुवैले पार्टीभित्र आफ्नो पक्षमा अनुकूल समीकरण बनाउन गौतमलाई भरपुर प्रयोग गर्ने गरेको आरोप लगाए ।
'ओलीले त पुराना सहमतिहरू पनि लत्याउनु भयो, पार्टी एक भइसकेपछि अध्यक्ष प्रचण्डले पनि सचिवालयको समीकरण आफ्नो पक्षमा तान्न कहिले कहाँ उठाउने, कहिले कहाँ जस्ता कुरा गर्न थाल्नुभयो । वामदेवजस्तो कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेका नेतालाई कसरी परिचालन गर्ने भन्ने ज्ञान दुवै अध्यक्षमा देखिएन,' उनले भने ।
पार्टी अज्ञात ठाउँबाट चलेजस्तो अनुभव भयो - टंक कार्की, विश्लेषक
राजनीतिक विश्लेषक टंक कार्कीले पार्टीभित्र सिर्जित अराजकता कहीँ कतै अज्ञात ठाउँबाट डिजाइन गरिएको त होइन भन्ने प्रश्न गरेका छन् ।
लोकान्तरसँग कार्कीले भने, 'सामूहिक निर्णय पद्धति छोडेर व्यक्तिवादी चरित्र हावी गराउन खोजिएको छ । यो कहीँ अज्ञात ठाउँबाट सञ्चालन भएको जस्तो अनुभव मैले गरेको छु ।'
उनले निर्णय प्रक्रियालाई केन्द्रीकृत गर्ने र पार्टी कमिटी प्रणालीलाई फ्रिज गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गरे । 'अहिलेको जुन क्रियाकलाप छ, त्यो कम्युनिस्ट आदर्शसँग कहीं कतै मेल खाँदैन,' उनले टिप्पणी गरे ।
गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन नहुनुमा यही प्रवृत्ति हाबी हुनु एउटा कारण रहेको उनले बताए ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...