हराएको फोनमा भेटियो बाँदरका टन्नै सेल्फी

मलेसियामा एक व्यक्तिको फोन अचानक हरायो । पछि जंगलमा फोन भेटियो र खोलेर हेर्दा त्यसमा बाँदरको सेल्फी र भिडियो देखियो । 

भिडियोमा बाँदरले फोन खान खोजेको देखिन्छ । 


Advertisement

ज्याकरिज रोद्जीले ट्विटरमा उक्त भिडियो पोस्ट गरेदेखि व्यापक शेयर भइरहेको छ । 

आफू सुतिरहेको बेलामा फोन चोरी भएको हुनसक्ने रोद्जीको भनाइ छ । 


Advertisement

उनको फोनमा बाँदरको सेल्फी र भिडियो कसरी आइपुग्यो भन्ने कुरा पुष्टि गर्न सम्भव छैन । 

उनले शनिवार बिहान ११ बजे फोन हराइरहेको थाहा पाए । त्यसको केही घन्टापछि एउटा बाँदरले फोन खान खोजिरहेको देखियो । उसले फोनलाई निकै घुरेर हेरेको देखिएको थियो । 

फोनमा बाँदर, रुख र अन्य झारपातको तस्वीर देखिन्छ । 

उनले फोन पत्ता लगाउन नसकेपछि आइतवार अपराह्न उनका बुवाले घरबाहिर बाँदर देखे । उनले त्यसमा फोन गर्दा पछाडि बगैंचामा फोनको रिङ बज्यो । फोन हिलो लागेको अवस्थामा एउटा रुखमुनि पातपछाडि थियो ।

उनका काकाले फोनमा चोरको फोटो देखिएला नि भनी मजाक गरे । त्यसपछि फोन सफा गरेर ग्यालरीमा हेर्दा बाँदरका तस्वीरहरू देखिए । 

बीबीसीबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्