×

NMB BANK
NIC ASIA

भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रधानमन्त्री

असोज २, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने , “विनाशकारी बम बनाउनुभन्दा हिँड्न नसक्ने व्यक्तिका लागि ‘ह्विल चियर’ बनाउनु महŒवपूर्ण हुन्छ । त्यसैले विश्व समुदायलाई के आग्रह गर्न चाहन्छु भने यो विज्ञान र प्रविधिको सदुपयोग गर्ने समय हो, दुरुपयोगको होइन । भयरहित विश्वका लागि विज्ञान र प्रविधिको प्रयोग गरौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मुलुकलाई विज्ञान र प्रविधिको प्रयोगसहित आधुनिकीकरण गर्न लागिएको बताउँदै थपे, “डिजिटल नेपाल बनाउने हाम्रो सङ्कल्प छ । ‘पेपरलेस’ बनाउने प्रयास छ । अरू क्षेत्रमा पनि प्रविधिको प्रयोग गर्न सचेत छौँ । आगामी दिनमा लगानी अझ बढाउने, आवश्यक संस्था निर्माण गर्ने र ती संस्थालाई समुचित ढङ्गले गतिशील बनाई प्राप्त उपलब्धिबाट देशलाई अगाडि बढाउनेमा दृढ छौँ ।”


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीले राष्ट्रिय विज्ञान दिवसको मूल समारोह समितिद्वारा आयोजित भर्चुअल कार्यक्रममा विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न लगानी गरिने बताए । उनले विज्ञान र प्रविधिको विकासका सन्दर्भमा नेपालले विभिन्न केन्द्र तथा विश्वविद्यालयको स्थापना गर्ने कार्य अगाडि बढाएको चर्चा गरे । उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न गठन आदेश जारी भइसकेको र यसका निम्ति कानुनी प्रक्रिया पूरा गरेर अझ गतिशील ढङ्गले अगाडि बढिरहेको उल्लेख गरे ।

Vianet communication

उनले न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त १७औँ शताब्दीमा प्रतिपादन गरेको तर भाष्कराचार्यले १२औँ शताब्दीमै सो सिद्धान्त पत्ता लगाएको प्रसङ्ग चर्चा गर्दै भने , “ग्यालिली ग्यालिलियोले पत्ता लगाएको तथ्य पनि भाष्कराचार्यले सन् ११५० मा नै पत्ता लगाउनुभएको थियो । त्यति बेलै उहाँले आफ्नो गणितबाट पृथ्वीको गोलाइ नाप्नुभएको थियो । जुन आज पनि फरक परेको छैन । ग्रह सूर्यलाई केन्द्र मानेर वरिपरि घुम्छन् भनेर उहाँले त्यतिबेलै पत्ता लगाउनुभएको थियो । सन् १२१० मा सिद्धान्त शिरोमणि नामक पुस्तकमा उहाँले यी सबै कुरा लेखिसक्नुभएको थियो । ती कुरा ओझेल पर्दा पछि अनेक वैज्ञानिकलाई पत्ता लगाउन धेरै मिहिनेत गर्नुप¥यो ।”

प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा परिवर्तित ढङ्गले अगाडि बढ्न सक्नेले मात्र विकास गर्न सक्ने धारणा व्यक्त गर्दै सबैले परिवर्तनको गति समाउन सक्नुपर्छ भने । “हामी पनि विज्ञान र प्रविधिको विकासको दौडमा रचनात्मक ढङ्गले सरिक हुन चाहिरहेका छौँ तर पछाडि परेका छौँ”, उनले थपे, “अब पछाडि पर्न मिल्दैन । हामी पछाडि पर्नुपर्ने कुनै आवश्यकता पनि छैन ।” गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x