×

NMB BANK
NIC ASIA

सिरियामा रुससँग झडप भएपछि अमेरिकी सेनाले बढायो सैनिक संख्या

असोज ४, २०७७

NTC
Premier Steels

रुसी सेनासँग झडप भएपछि अमेरिकाले सिरियामा सैन्य उपस्थिति बढाएको छ । 

Muktinath Bank

६ वटा ब्राड्ली लडाकू वाहन र १०० जना सैनिक सिरियाको उत्तरपूर्वी सीमामा तैनाथी गरिएको अमेरिकाले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिका र रुसका सैन्य गश्तीहरूबीच यसै वर्ष मात्र अनेकौं झडप भएका छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकी जलसेनाका क्याप्टेन बिल अर्बनका अनुसार, सैनिक संख्या बढाउने निर्णयले गठबन्धन फौजको सुरक्षा सुनिश्चित गर्नेछ । 

Vianet communication

लडाकू वाहनबाहेक अमेरिकाले सेन्टिनेल राडार पनि राखेको र अमेरिकी लडाकू विमानको गश्ती पनि बढाएको उनले बताए । 
 

अर्बनले शुक्रवार भने, ‘अमेरिका सिरियामा कुनै पनि सेनासँग झडप गर्न चाहँदैन । तर आवश्यक परेमा उसले गठबन्धन सेनालाई प्रतिरक्षा गर्नेछ ।’
 

अर्बनले बयानमा रुसी सेनाको नाम लिएनन् । 

अमेरिकाले यी वाहन तथा सेना रुसलाई एक सुरक्षा क्षेत्रभित्र पस्नबाट रोक्नका लागि पठाएको थियो । 

यी दुई देशबीच विगत केही वर्षयता विवाद चलिरहेको छ । तर केही हप्तायता चाहिँ उत्तरपूर्वी सिरियामा दुई देशको तनाव बढिरहेको छ । 

अगस्ट महिनाको अन्त्यमा रुसको एक वाहनसँग ठोकिएर सातजना अमेरिकी सैनिकहरू घाइते भएका थिए । रुस र अमेरिकाका सरकारहरूले घटनाका लागि एक अर्कालाई जिम्मेवार ठहर्‍याए । 

अमेरिकाका अनुसार, रुसी सैनिकहरू एक सुरक्षा क्षेत्रमा प्रवेश गरेका थिए जबकि उनीहरूले त्यहाँ नजानका लागि पहिले नै सहमति गरेका थिए । तर उक्त क्षेत्रमा गश्ती गर्नका लागि आफूहरूले अमेरिकालाई पहिले नै जानकारी दिइसकेको रुसको भनाइ छ । 

उक्त क्षेत्रमा अमेरिकाका ५०० सैनिक छन् । पहिलाको भन्दा यो संख्या निकै कम हो । आतंकवादी संगठन आईएसबाट हुने खतरालाई निस्तेज पार्न यो तैनाथी गरिएको हो ।

रुसले सिरिया सरकारलाई साथ दिएको छ भने अमेरिकाले कुर्दिश लडाकूहरूलाई साथ दिइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x