×

NMB BANK
NIC ASIA

विकासको कछुवा गति

बुटवल–नारायणगढ सडक : सरकारको गफ द्रूतगति, निर्माण कार्य सुस्तगति !

असोज ५, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ शिलान्यास गरेको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको कामले डेढ वर्ष बितिसक्दा समेत गति लिएको छैन ।

Muktinath Bank

आयोजनालाई ३६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भए पनि झण्डै १८ महिनासम्म भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन । जसले गर्दा तोकिएको मितिमा निर्माण सम्पन्न नहुने निश्चित जस्तै भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्रूतगतिमा काम गरिने भन्दै २०७५ चैत ८ गते ओलीले सडक विस्तार कार्यको बुटवलमा शिलान्यास गरेका थिए । २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

राष्ट्रिय महत्त्वको ‘एक्सप्रेस हाइवे’का रूपमा सडकलाई बस्तीमा ६ र जंगलमा ४ लेनमा विस्तार गर्ने सरकारको योजना छ । बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका इन्जिनीयर शान्तराम दाहालले रुख काट्ने र विद्युत्का पोलहरू स्थानान्तरण गर्ने  झन्झटले भौतिक प्रगति नदेखिएको बताए । 

Vianet communication

‘रुख काट्न वनको अनुमतिका लागि धेरै प्रक्रियागत कारण र विद्युत्का पोलहरू हटाउन पनि त्यस्तै झन्झट छ । यी २ वटा मुख्य काम नगरी अरु काम गर्न नै मिलेन । अब दशैंपछिबाट भौतिक प्रगतिको काम बल्ल बढ्दै जान्छ । अहिले त २ प्रतिशत काम भएको होला,’ दाहालले भने । 

अहिले सडक क्षेत्रभित्र पर्ने रुखमा चिह्न लगाउने काम भएको छ । बुटवलदेखि पूर्वी नवलपरासीको गैडाकोटसम्ममा झण्डै ५० हजार रुख काट्नुपर्ने अवस्था छ । दाहालले भने, ‘रूख हिल कटिङबाट काट्नको लागि डिजाइन फिक्स भएको छ । काम अगाडि बढेको छैन । दशैंपछि काट्न शुुरू हुुन्छ ।’

बर्दघाट पश्चिततर्फ पर्ने ९ वटा पुलको पाइलिङ (पिल्लर) जडानको काम गरिएको छ । दशैंपछि एकैसाथ १ हजार २०० कामदारसम्म लगाएर काम गराइने जनाइएको छ । कोरोना महामारीबीच अन्य धेरै ठूला आयोजनाका काम अगाडि बढे पनि सडक विस्तार आयोजनाको काम प्रभावकारी रूपमा हुन सकेन । 

आयोजनाका अर्का इन्जिनीयर प्रमोद अधिकारीले वर्षाका कारण काम अगाडि बढ्न नसकेको बताए । उनले भने, ‘वर्षामा रुख काट्न पनि पाइँदैन । पानीले गर्दा ढिलाइ भयो । अब दशैंपछिबाट कामले गति लिन्छ ।’ ११४ किलोमिटर सडक २ भागमा विभाजन गरी काम गर्ने योजना छ । गैडाकोटदेखि दाउन्ने र दाउन्नेदेखि बुटवलसम्म २ भागमा विभाजन गरिएको छ । एउटै प्याकेजमा काम गर्दा निर्माण कार्य ढिला हुने भन्दै २ वटा प्याकेज बनाएको हो । पूर्व साइटको कार्यालय नवलपुर जिल्लाको रजहरमा छ भने पश्चिम साइटको कार्यालय पश्चिम नवलपरासीको बर्दघाटमा छ । सडक गण्डकी र ५ नम्बर प्रदेशको मुख्य राजमार्गमा पर्ने महत्त्वपूर्ण सडक हो ।

२०१८ सालमा राजा महेन्द्रले शिलान्यास गरेको सडक ५७ वर्षपछि बस्तीमा ६ र जंगलमा ४ लेनमा विस्तार गर्न शुरू गरिएको थियो । सडकमध्ये २८ किलोमिटर ६ लेन, १४ किलोमिटर ३ लेन र बाँकी ४ लेन हुुनेछ । हाल सडक २ लेनको छ ।

सडक नवलपरासीको दाउन्ने पहाडमा ३ लेनको हुनेछ । बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अप्ठ्यारो ठाउँ भएकाले ३ लेनको बन्ने जनाइएको छ । पहाड चढ्ने गाडीले २ लेन र झर्ने गाडीले १ लेन प्रयोग गर्ने आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) ऋण सहयोगमा सडक विस्तार हुन लागेको हो । सडकको ठेक्का चाइना स्टेट कन्सट्रक्सनले पाएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४९ किलोमिटर सडक निर्माण हुनेछ । सवारीसाधनको बढ्दो चापसँगै सडक साँघुरो हुँदै गएको थियो ।

सडक आयोजनाको कूल लागत १५ अर्ब रुपैयाँ छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ । बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराएको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भएपछि पनि ४ वर्षसम्म सडकको मर्मत–सम्भार चाइना स्टेट कन्सट्रक्सनले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सडक खण्डमा विस्तारसँगै २१ वटा नयाँ पुल बन्ने छन् । अहिले जहाँ–जहाँ पुल छन्, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना–ठूला पुल पनि बनाउनुपर्ने आयोजनाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x