विमानस्थल अनुगमनमा पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण/अनुगमन गरेका छन् ।

विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण गत चैत दोस्रो हप्तादेखि बन्द आन्तरिक उडान आजवाट पुन संचालनमा आएपछि आजै मन्त्री भट्टराई त्यहाँको वस्तुस्थिति अवलोकन गर्न विमानस्थल पुगेका हुन् ।


Advertisement

सो क्रममा मन्त्री भट्टराईले यात्रुहरुको चापको अवस्था, स्वास्थ्य सम्वन्धी प्रोटोकलको पालना लगायतका कुराहरुको अवलोकन गरेका थिए ।

साथै आवश्यक स्वास्थ्य सर्तकताका उपायहरुको प्रभावकारी पालनाका लागि नागरिक उडड्यन प्राधिकरणलाई निर्देशनसमेत दिए ।


Advertisement

आजै मन्त्री भट्राई पर्यटन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यलय पुगी भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको विभिन्न डिजाइनहरुको समेत अवलोकन गरेका थिए ।

यस विमानस्थलको काम करिव ९२ प्रतिशत सकिएको छ । आगामी डिसेम्बर सम्म सबै काम सम्पन्न गरि मार्चवाट संचालनमा ल्याउने लक्ष्य राखिएको यस विमानस्थलमा विद्युतीय उपकरण जडानको काम बाँकी छ । यसका लागि विदेशबाट जनशक्ति ल्याउनु पर्ने तर कोभिडका कारण जनशक्ति आउन ढिलाई भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्