×

NMB BANK
NIC ASIA

प्रहरी समायोजनको बाटो खुल्यो

असोज १३, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ ।

Muktinath Bank

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो । अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।


Advertisment
Nabil box
Kumari

अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’

Vianet communication

नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ ।
यसैबीच काठमाडौँ उपत्यकाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’ को नाम ‘सङ्घीय राजधानी प्रहरी’ मा परिवर्तन भएको छ ।

नेपाल प्रहरी र सङ्घीय प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय)सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँंगै ‘सङ्घीय राजधानी प्रहरी’ प्रहरी प्रधान कार्यालय (केन्द्र) मातहतमा रहने व्यवस्था गरिएको छ । अध्यादेशपछि नेपाल प्रहरीलाई प्रदेश समायोजन प्रक्रियाका लागि बाटो खुलेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन २०६२ सालमा महानगरीय प्रहरी सेवा गठन गरिएको थियो । योअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा तीन जिल्लामा तीनवटा परिसर लगायतका कार्यालय रहेका थिए । यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरी अन्तर्गत रहने गरी व्यवस्था गरिएको थियो । ‘सङ्घीय राजधानी प्रहरी’ को नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले नेतृत्व गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x