×

NMB BANK
NIC ASIA

संसद्को विशेष अधिवेशन बोलाउने तयारीमा कांग्रेस : शुरूमा ओलीलाई ज्ञापन, नमाने कानूनी बाटो !

असोज १४, २०७७

NTC
फाइल फोटो
Premier Steels

सरकार स्वेच्छाचारी भएको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ । 

Muktinath Bank

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बसेको कांग्रेस पदाधिकारी र केही प्रभावशाली नेताको बैठकले संसद्को विशेष अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र नबोलाएमा बोलाउन बाध्य पार्नेगरी संसद्मा समावेदन गर्ने निर्णय भएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘कोरोना संकट, भ्रष्टाचार र कोरोनाका कारण परेको आर्थिक सामाजिक असरबारे छलफल गर्न संसद्को विशेष अधिवेशन बोलाउने निष्कर्षमा पुगेका छौं,’ महतले लोकान्तरसँग भने । 

Vianet communication

असोज १९ गते बस्ने केन्द्रीय समिति बैठकले यसबारे औपचारिक निर्णय लिने उनले बताए ।

प्रतिनिधि सभाका एक चौथाइ सदस्यले लिखित हस्ताक्षरसहित अधिवेशन माग गरेमा संसद्को अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता छ । तर कांग्रेस एक्लैसँग संसद्मा एक चौथाइ सदस्य छैनन् । यसका लागि उसले प्रतिपक्षमा रहेको जसपासँग सहयोग लिनु पर्ने हुन्छ । 

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सरकारले गएको असार १८ गते संसद्को बजेट अधिवेशन अन्त्य गरेको थियो ।

संसद् बैठकको मिति समेत तोकिएको अवस्थामा अधिवेशन अन्त्य भएको थियो ।

साथै सामाजिक दूरी कायम गर्दै देशैभर आन्दोलन गर्ने निर्णय पनि भएको महतले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x