×

NMB BANK
NIC ASIA

एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

असोज १५, २०७७

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सेनाले विज्ञहरूको टोली नै गठन गरेर अध्ययन गरेको थियो ।

Muktinath Bank

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल एकीकरणको समयमा प्रयोग भएका सडक, गढी र किल्लाको संरक्षण कार्यक्रमअन्तर्गत गोरखा–धादिङ–नुवाकोट–काठमाडौँ–काभे्र एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनअनुसार यस एकीकरण मार्गको कुल लम्बाइ १९६.५ किलोमिटर रहेको छ । त्यसैगरी गोरखा–नुवाकोट–धादिङ–काठमाडौँ एकीकरण मार्गको समेत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस एकीकरण मार्गको कुल लम्बाइ १२८.५ किलोमिटर रहेको छ ।

सेनाले इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको नेतृत्वमा विज्ञहरूको टोली गठन गरी सो अध्ययन गरेको थियो । अध्ययन गरिएका यस एकीकरण मार्गहरूको विस्तार तथा स्तरोन्नतिका लागि बजेट माग गरिएको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन तथा भावी पुस्ताका लागि पनि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्न सकोस् भन्ने उद्देश्यसहित एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ ।
सेनाद्वारा स्थापना गरिएको विस्तारित एकीकरण पदमार्ग उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङको लिगलिगकोट, तनहुँको लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ ।

Vianet communication

त्यसैगरी रुपन्देहीको जितगढी, पाल्पा दरबार, गुल्मीको चरपाला दरबार, अर्घाकोट, सल्यानको फालवाङ दरबार, सुर्खेतको बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हँुदै बैतडीको अजयमेरुकोटसम्म एकीकरण पदमार्ग जोडिएको छ ।

एकीकरण पदमार्ग, गढी र किल्ला संरक्षण गर्ने कार्यक्रमअन्तर्गत पदमार्गहरूको सम्भाव्यता अध्ययन सम्पन्न हुनुका साथै सिन्धुलीगढी विकास बृहत् गुरुयोजनाको प्रोफाइल तयार भएको प्रवक्ता पौडेलले बताउनुभयो । गुरुयोजना सिन्धुलीको कमलामाई नगरपालिका र नेपाल पर्यटन बोर्डलाई बुझाइसकिएको उहाँले बताउनुभयो । सन् १७६७ मा गोर्खाली फौज र अङ्ग्रेज सेनाबीच भएको युद्धमा गोर्खाली सेनाले सिन्धुलीगढीमा नै अङ्ग्रेज सेनालाई पराजित गरेको थियो ।

यसै कार्यक्रमअन्तर्गत काभ्रेमा पृथ्वीगढी भ्यु प्वाइन्ट, सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय र बारामा एकता वाटिका निर्माणाधीन अवस्थामा छन् भने पाल्पा दरबार सङ्ग्रहालयमा ऐतिहासिक शस्त्रअस्त्र कक्ष तयार भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

एकीकरण पदमार्ग, गढी र किल्लाको संरक्षणका लागि चालू आर्थिक वर्षमा नेपाली सेनाले पाँच करोड र प्रदेश २ सरकारले दुई करोड रुपियाँ विनियोजन गरेका छन् । त्यसैगरी सेनाले मुलुकभरिका १२ स्थानका गढीको संरक्षणका लागि चालू आर्थिक वर्षमा थप चार करोड ९९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x