उत्तर कोरिया : भित्तामा सरकारविरोधी नारा लेखिएपछि घरघर गएर हस्ताक्षर हेर्दै अधिकारीहरू

उत्तर कोरियाको दक्षिण प्योनगानमा रहेको उनसानमा एक भित्तोमा सरकारविरोधी नारा लेखिएपछि टोलभरिका मानिसको हस्ताक्षर अधिकारीहरूले हेरिरहेका छन् । 

नारा यसप्रकार थियो : ‘जनताको शोषण गर्दै मोज गर्ने पार्टीका अधिकारीहरू मूर्दाबाद ।’


Advertisement

यसले किम जोङ उनको ठाडो विरोध गरेको अधिकारीहरूको विश्वास छ किनकि सत्तारूढ कोरियन वर्कर्स पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवमा यो नारा लेखिएको हो । 

अधिकारीहरूले वयस्क तथा बालबालिका दुवैथरीको हस्ताक्षर जाँचिरहेका छन् । दाहिने र देब्रे दुवै हातले उनीहरू लेख्न लगाइरहेका छन् । 


Advertisement

उक्त क्षेत्रका एक बासिन्दाले नाम नखुलाउने शर्तमा रेडियो फ्री एसियाको कोरियन सर्भिससँग कुरा गर्दै भने, ‘पार्टीका अधिकारीहरूलाई हटाउने प्रयास तथा पार्टीका केन्द्रीय नेता किमलाई ठाडो आलोचना गर्ने नारा भनी अधिकारीहरूले यसलाई बुझेका छन् । त्यसपछि उनीहरूले अनुसन्धान थालेका छन् ।’

‘सुरक्षा विभागको आदेशबमोजिम स्थानीय छिमेकी निगरानी इकाइहरूले प्रत्येक घरमा गएर वयस्क र केटाकेटीलाई कागज र कलम दिँदै लेख्न लगाएका थिए ।’

त्यही समयमा उक्त प्रान्तमा बाहिरबाट आएका मानिसलाई पनि हस्ताक्षर पेश गर्न लगाइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्