×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी विवाद : रुपन्देहीका व्यवसायीले दिए नेकपा परित्याग गर्ने चेतावनी

असोज २०, २०७७

NTC
Premier Steels

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आवद्ध रुपन्देहीका करीब २ हजार ३०० व्यवसायीले नेकपाको पार्टी सदस्यबाट राजीनामा दिने भएका छन् ।

Muktinath Bank

प्रदेश राजधानी दाङ कायम गर्ने प्रस्ताव नेकपा सरकारले ल्याएको र ह्वीप जारी गरेको विरोधमा राजीनामा दिने तयारीमा रहेका व्यवसायीहरू पार्टीको केन्द्रीय विभागका सदस्य समेत छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले नेकपामा रहिरहन नसक्ने नेकपा समर्थित व्यवसायीले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

‘पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन गर्‍यो । हाम्रा माननीयहरूलाई मत राख्न समेत वञ्चित गरियो । यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकाले राजीनामा दिने निर्णय गरेका हौं,’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले भने ।

Vianet communication

रुपन्देहीबाट निर्वाचित सांसद तथा मन्त्रीलाई रुपन्देहीका संघसंस्थाले बहिष्कार गर्ने निर्णय समेत गरेका छन् । ‘अब हामी प्रदेशका सांसद तथा मन्त्रीहरूले बोलाएका कार्यक्रममा पनि जान्नौं, उहाँहरूलाई पनि निमन्त्रणा गर्दैनौं,’ नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले भने ।

उद्योग–व्यवसाय सम्बद्ध नेकपा पार्टी सदस्य रहेका संघसंस्थाका अध्यक्षद्वारा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका जननिर्वाचित प्रतिनिधिले रुपन्देहीबासीलाई धोका दिएकाले उनीहरूले गरेका कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने तथा अतिथि बनाएर कार्यक्रम नगर्ने घोषणा गरेका छन् । 

‘उहाँहरूले हामीलाई धोका दिनुभयो, मतदाताको मानमर्दन गर्नुभयो । त्यति मात्र होइन, रुपन्देहीका संघसंस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतिक संरचना उपलब्ध गरेको सहयोगको अवमूल्यन गर्नुभयो । त्यसैले उहाँहरूलाई सम्मान दिएर कार्यक्रममा निम्त्याउनुको कुनै औचित्य रहेन,’ रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डेले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x