×

NIC ASIA

महंगो भोजभतेर गर्न कहाँबाट ल्याउँछन् उम्मेदवारले पैसा ?

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels


काठमाडौं, २६ वैशाख– निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी रहँदा विभिन्न राजनीतिक दल र उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धाका बीच उम्मेदवारहरूले तडकभडक र मतदातालाई रिझाउन अनावश्यक खर्च गर्ने प्रवृत्ति बढेको छ ।

Muktinath Bank

निर्वाचन आयोगले खर्चमा मितव्ययी हुन आग्रह गरेपनि राजनीतिक दल र उम्मेदवार आफूखुशी तडकभडक गरिरहेका छन् । चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारले मतदाता प्रभावित पार्न जमघट, सभा, भोज अनि कतिपय अवस्थामा द्रव्यकै लोभलालच देखाउने गरेका छन् ।

निर्वाचन आयोगले महानगरपालिकाको मेयर तथा उपमेयरका लागि साढे ७ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ । त्यस्तै, उपमहानगरपालिकाको मेयर/उपमेयरमा ५ लाख रुपैयाँ, नगरपालिकाको मेयर/उपमेयरमा ४ लाख ५० हजार र गाउँपालिकाको प्रमुख/उपप्रमुखमा ३ लाख रुपैयाँसम्मको खर्चको सीमा आयोगले तोकेको छ ।

निर्वाचन आयोगले महानगरपालिकाको वडा अध्यक्ष/सदस्यका लागि ३ लाख, उपमहानगरपालिकाको वडा अध्यक्ष/सदस्यका लागि २ लाख ५० हजार रुपैयाँ, नगरपालिकाको वडा अध्यक्ष/सदस्यका लागि २ लाख रुपैयाँ र गाउँपालिकाको अध्यक्ष/सदस्यका लागि १ लाख ५० हजार रुपैयाँसम्म खर्चको सीमा कायम गरेको छ ।

तर उम्मेदवारहरू सरकारले तोेकेको सीमा पर्याप्त नभएको तर्क गर्छन् । दश लाख रुपैयाँभन्दा कमले महानगरपालिकाको कुनै पनि पदमा चुनाव लड्न सम्भव नरहेको महानगरपालिकाको मेयरका एक उम्मेदवारले बताए ।

‘तीन करोड रुपैयाँ त मेयरको टिकट पाउनकै लागि खर्च गरेको सुन्नमा आएको छ,’ स्वतन्त्रबाट एक महानगरपालिकाको मेयरका प्रत्यासी एक उम्मेदवारले लोकान्तरसँग भने । महानगरको मेयरका लागि ८ करोड रुपैयाँसम्म खर्च गर्न तयार रहेको उम्मेदवार आफूले देखेको उनले बताए ।

मतदाता फकाउन नियमित भोज, पार्टी, कपडा, प्रचार सामग्री लगायतमा अत्यधिक खर्च हुने उनले बताए । ‘अहिलेका मतदाता पनि खर्च गर्न नसक्नेलाई भोटै नदिने भइसकेका छन्,’ उनले गुनासो गरे ।

एक नगरपालिकाबाट मेयरका एक उम्मेदवारले पनि निर्वाचन आयोगले तोकेको सीमाले चुनाव खर्च धान्न धौधौ परेको बताए । प्रचार सामग्री, युवा परिचालन, भोजभतेर लगायतमा अत्यधिक खर्च गर्नुपर्ने स्थिति रहेको उनी बताउँछन् । काठमाडौं महानगरपालिकाको एक वडा अध्यक्षका प्रत्यासी एक उम्मेदवारले चुनावी खर्च जुटाउन धौधौ परेको बताए ।

केन्द्रले चुनावी खर्च दिँदैन

राजनीतिक दलहरूले भने निर्वाचनमा केन्द्रबाट खर्च दिन नसकिने बताएका छन् । उम्मेदवार स्वयं र शुभेच्छुकबाटै चुनावी खर्चको व्यवस्थापन गर्ने उनीहरू बताउँछन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य विष्णु रिमालले स्थानीय निर्वाचनमा केन्द्रबाट बजेट दिने नीति पार्टीको नरहेको बताए । ‘उम्मेदवार, स्थानीय समिति र शुभेच्छुकबाटै चुनावी खर्च व्यवस्थापन गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

निर्वाचनमा खर्चमा मितव्ययी हुन निर्देशन दिइएको उनले बताए । ‘निर्वाचन आयोगले तोकेको सीमाको परिधिभित्र रहेर खर्च गर्न जिल्ला समितिलाई पार्टीले निर्देशन दिएको छ,’ उनले भने । भड्किलो प्रचार शैली नअपाउन आग्रह गरिएको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले पनि स्थानीय चुनावमा पार्टीले आर्थिक सहयोग नगरेको बताए । ‘उम्मेदवार आफैंले, पार्टी सदस्य र शुभेच्छुकबाट चुनावी खर्चको व्यवस्थापन गर्छन,’ उनले लोकान्तरसँग भने, ‘पार्टीले कुनै पनि उम्मेदवारलाई आर्थिक सहायता दिएको छैन ।’

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज गर्छौं

निर्वाचन आयोगले भने आचारसंहिता अनुसार खर्च गर्न आग्रह गरिएको बताउँदै तडकभडक गरिए उम्मेदवारी नै खारेज गर्न सकिनेसम्मको चेतावनी दिएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आचारसंहिता उल्लंघन गरिए एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी नै खारेज गर्न सकिनेसम्मको कानूनी व्यवस्था रहेको बताए ।

‘उम्मेदवारले आफ्नो खर्चको विवरण पेश गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘आचारसंहिताविपरीतको क्रियाकलाप गरेको भेटिए निर्वाचित भइसकेपछि पनि कारवाही गर्न सकिने व्यवस्था छ ।’

निर्वाचन आचारसंहिता उल्लंघन गरेको ७१ वटा उजुरी आयोगमा परेको उनले बताए । आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गरिरहेको आयोग बताउँछ । आचारसंहिता पालना भए/नभएको अनुगमनका लागि निर्वाचन अधिकृत खटाइएको प्रवक्ता शर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x